back
CTIZAN AD

नेपालको पूर्वाधार विकासमा जाइकाको सहयोग महत्वपूर्ण – मन्त्री ज्ञवाली

वि.सं.२०७६ मंसिर २० शुक्रवार

783 

shares

२० मङ्सिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ ९जाइका० ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल (जान) को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै जापानले नेपालका सरकारी अधिकारीको क्षमता, सीप तथा ज्ञान अभिवृद्धिमा छात्रवृत्ति प्रदान गरी महत्वपूर्ण सहयोग पु¥याउँदै आएको उल्लेख गरे । दक्षिण एशिया कुनै न कुनै प्रकारका प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै उनले नेपालले आगामी चैत २१ र २२ गते ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागेको अगवत गराए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपालका राष्ट्रपतिको जापान भ्रमण तथा उच्चस्तरीय छलफल र जापानका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण भएको स्मरण गर्दै यो वर्ष जापानका लागि अर्थपूर्ण रहेको बताए । साथै यही वर्ष ओशाका–काठमाडौँ सिधा हवाई उडान शुरु भएको उल्लेख गर्दै उनले नेपाल–जापान सम्बन्ध सुदृढ बनाउन जानले खेलेको भूमिकाको प्रशंसासमेत गरे ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले अल्मुनाईबीच र जापानबीच मैत्रीपूर्ण भेटघाट तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउँदै सम्मेलनले दिने साझा सन्देश आत्मसात् गरी यस क्षेत्रका समुदाय लाभान्वित हुने बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको प्रगतिका बारेमा जानकारी गराउँदै पुनर्निर्माणका विविध क्षेत्रमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, जाइका नेपालका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, जाइका अल्मुनाई एसोसिएशन फोरम अफ सार्क कन्ट्रिज ९जाफ्स० का अध्यक्ष मोहम्मद मोजाम्मेल हक खानले यस क्षेत्रको विकास निर्माणमा जाइकाले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्मेलन अल्मुनाईबीच भेटवार्ता र अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने बताएका थिए ।

सम्मेलनमा जानका महासचिव शान्तिलक्ष्मी शाक्यले जानले गरेका कार्य र गतिविधिका बारेमा जानकारी गराउँदै यसले नेपाल जापानबीचको सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको बताएका थिए । सम्मेलनमा जानले प्रकाशित गरेको ‘मिलन’ पत्रिकाको विमोचन गरिएको थियो भने वित्त आयोगका अध्यक्ष पौडेललाई सम्मान गरिएको थियो ।

दक्षिण एशिया भूकम्प, बाढीपहिरो, सुनामीलगायत प्राकृतिक प्रकोपबाट प्रभावित रहेको सन्दर्भमा सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले प्रस्तुत गर्ने विपद् व्यवस्थापनसम्बन्धी कार्यपत्रमाथि छलफल हुने र आदानप्रदान हुने अनुभव तथा ज्ञान सबैका लागि उपयोगी हुने बताइएको छ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १४:२४ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...