back
CTIZAN AD

तेह्रौँ साग– क्रिकेटमा बङ्गलादेशद्वारा भूटान पराजित

वि.सं.२०७६ मंसिर २० शुक्रवार

831 

shares

२० मङ्सिर, काठमाडौँ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बङ्गलादेशले शीर्ष ४ अङ्क जोडेको छ ।

भूटानले दिएको ७० रनको लक्ष्य बङ्गलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो । बङ्गलादेशको जीतमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान दिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । उसका लागि तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोडे भने जिग्मे सिङ्गेले १३ तथा जिग्मे दोर्जीले १२ रन बनाएका थिए । त्यसबाहेक भूटानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ बङ्गलादेशका मनिक खानले २ विकेट लिए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:०० मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...