२२ मसिंर, काटमाडौँ । पछिल्लो एक महिनामा दलहनको मूल्य आकासिएको छ । सो अवधिमा दालमा प्रतिकेजीमै ३० रुपैयाँसम्म महँगो भएको हो ।
नेपाल ख्द्रा व्यापार सङ्घका अनुसार तेल, चामल, आँटा, चिनी लगायतको मूल्य प्रतिकेजी एक÷ दुई रुपैयाँ मात्रै बढे पनि दलहनको मूल्य प्रतिकेजीमा ३० रुपैयाँसम्म बढेको छ । संघका अनुसार पछिल्लो एक महिनामा मासको दाल सबैभन्दा बढी महँगो भएको छ । अघिल्ला महिना प्रतिकेजी १३० रुपैयाँमा पाइने दाल अहिले बढेर एक सय ६० पर्छ ।
यस्तै प्रतिकेजी ९० देखि १०५ रुपैयाँमा पाइने मुसुरो दाल अहिले बढेर १३० रुपैयाँ पर्ने भएको छ । भने नेपाली रहर दाल प्रतिकेजी १४० रुपैयाँबाट १६० पुगेको छ । मुङको खोस्टासहितको दाल प्रतिकेजी १५० बाट १६० पुगेको छ । छाँटा दाल प्रतिकेजी १५० बाट बढेर १७० रुपैयाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा राजमा , चना , केराउमा पनि अघिल्लो एक महिना भन्दा प्रतिकेजीमा पाँचदेखि १० रुपैयाँसम्म बढेको छ । आइतबारको गोरखापत्रबाट
वि.सं.२०७६ मंसिर २२ आइतवार ०८:५५ मा प्रकाशित






























