back
CTIZAN AD

नेपाल साग फुटबलको फाइनलमा

वि.सं.२०७६ मंसिर २२ आइतवार

876 

shares

२२ मंसिर, काठमाडौं । नेपाल १३ औँ दक्षिण एसियाली फुटबल (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ ।
साग फुटबलको साविक विजेता रहेको नेपालले आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । नेपाल लगातार दोस्रो पटक विजयी भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आजको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिएको थियो । कप्तान सुजल श्रेष्ठको पासमा पहिलो हाफको सुरुवाती समयमा नै सुनिलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेलेको थियो।

खेलको अन्तिममा बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका थिए ।

नेपाल यस नतिजासँगै लिग चरणको विजेता बनेको छ । लिगमा नेपालले ४ खेलमा १० अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गरेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।अब नेपालले सागको अन्तिम दिन स्वर्णका लागि भुटानसँग खेल्नेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४– ० ले हराएको थियो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित रह्यो । श्रीलंका र माल्दिभ्स २–२ अंकसाथ पुछारमा रहेका छन् ।

वि.सं.२०७६ मंसिर २२ आइतवार २०:१२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...