back

काठमाडौँ महानगरपालिकाले विपद् पहिचानको नक्सा बनाउँदै

वि.सं.२०७६ मंसिर २३ सोमवार

501 

shares
IME Limited
NTC AD

२३ मसिंर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ ।

कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले काठमाडौँ जोखिमपूर्ण मानिएको छ । विपद्का घटनालाई आधारमानी जोखिमको उपाय अवलम्बन गरिएको उनले बताए । उनले भने, “प्राकृतिक विपद्को दृष्टिकोणले जोखिम रहेको छ । क्षति न्यूनीकरणका लागि वडास्तरीय प्रशिक्षणको काम भइरहेको छ ।”

कामपाले वडा २१, ७ र १२ मा विपद् व्यवस्थापनको लागि वडावासीलाई तालीमको व्यवस्था गरिसकेको जनाएको छ । बाँकी वडामा गर्ने तयारी रहेको रहेको छ ।

विपद्को समाधान गर्न ३२ वटै वडामा वडास्तरीय समिति पनि चयन गरेको छ । ती समिति नौ सदस्य रहने व्यवस्था गरिएको छ । समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडासदस्य रहने व्यवस्था छ । हरेक वडामा २५ देखि ४० जनासम्म स्वयंसेवक रहन सक्ने व्यवस्था गरिएको छ ।

समितिले कामपा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ अनुरुप काम गर्नेछ । आगलागीका घटना नियन्त्रणका लागि दमकल खरीद र दमकल स्टेशन निर्माण कार्य भइरहेको छ । भूकम्पीय क्षति कम गर्नका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण जोड दिइएको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:५६ मा प्रकाशित

प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

ल्हेन्दे खोलाको भीषण बढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

ल्हेन्दे खोलाको भीषण बढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...