back
CTIZAN AD

नागरिकतासम्बन्धी कानून तत्काल बनाउन माग

वि.सं.२०७६ मंसिर २३ सोमवार

705 

shares

२३ मसिंर, काठमाडौँ । नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित भएकाले तत्काल नागरिकतासम्बन्धी कानून बनाउन माग गरेका छन् । आमाको वंशजको नागरिकता भए पनि नागरिकतासम्बन्धी आवश्यक कानून अभावमा आमाको पहिचानबाट नागरिकता लिन नपाएको उनीहरुको गुनासो छ ।

महिला, कानून र विकास मञ्चले आइतबार आयोजना गरेको ‘नागरिकताबाट वञ्चित व्यक्ति र सांसदसँगको छलफल कार्यक्रमका सहभागीले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनबाट पारित हुनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समाजमा अझै पनि पितृसत्तात्मक सोच र मानसिकता कायमै रहेकाले आमाको नामबाट नागरिकता लिन सर्वोच्च अदालत धाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले नागरिकतासम्बन्धी विधेयकमा भएका असहमतिलाई संसद्को पूर्ण बैठकमा छलफल गरेर भए पनि आगामी अधिवेशनबाट पारित गर्नुपर्ने धारणा व्यक्त गरे । सङ्घीय सांसद विन्दा पाण्डेले ‘बहसमा वंशीय पहिचान र राज्यविहीनता’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालमा नागरिकताप्राप्ति सम्बन्धमा भएका कानूनी व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

उनले नागरिकताबाट वञ्चित नेपाली नागरिकको विषय महिला वा पुरुषको सवालभन्दा पनि नागरिक राज्यविहीन हुनु हुँदैन भन्ने विषयसँग सम्बन्धित रहेको बताए ।

मञ्चका अध्यक्ष मीरा दुङ्गानाले आवश्यक कानूनको अभावमा आमाले आफ्नो नामबाट नागरिकता दिन चुनौती बनेको बताउँदै नागरिकता नभएका व्यक्तिले राज्यका हरेक अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरे ।

कार्यक्रममा सुकमाया लामा, शिवराम परियार, अर्जुुन साह, मोहम्मद इस्लाम, सुमन भुसाल, सुरज हजारे लगायतले आफूहरु नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित हुँदाको पीडा सुनाउँदै समस्या समाधानका लागि तत्काल नागरिकतासम्बन्धी कानून बन्नुपर्ने माग गरेकोे थियो ।

वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:४८ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...