२३ मङ्सिर, काठमाडौँ । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त केसी घुस सहित पक्राउ परेका छन् ।
दाङमा कार्यरत प्रहरी नायब निरीक्षक केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए वापत सेवाग्राहीसँग घुस माग गर्ने गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीसँग रु ७ हजार घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका निज प्रहरी नायब केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर २३ सोमवार ११:२७ मा प्रकाशित