back
CTIZAN AD

संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

वि.सं.२०७६ मंसिर २३ सोमवार

729 

shares

२३ मङ्सिर, काठमाडौँ । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं। प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं। को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं। प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं। को स्कार्पियो गाडीले ठक्कर दिएको थियो । सो गाडी संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गरेका महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान आचार्यले जानकारी दिए ।

गलत दिशाबाट आएको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको पृथ्वीनारायण शाहको शालिकमुनि खटिएका ट्राफिक प्रहरी खीना सुवेदीले बताइन् । हतारमा भएकाले बत्ती बालेर सवारी आएको उनले जानकारी दिइन् । लेन अनुशासन पालना नगरेमा रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना लेखिएको बोर्डलाई देब्रे पारेर सरकारी गाडी गलत दिशाबाट आइरहेको थियो । गाडीको अगाडितिर सिसामा सङ्घीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो ।

सरकारी गाडीका चालक लेखमान शाक्यले नै घाइतेको उपचार गराइरहेको उनले बताइन् । संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिइन् ।

संवेदनशील स्थानमा समेत सरकारी गाडीले गलत दिशाबाट आएर ठक्कर दिनु सामान्य घटना नभएको पैदल यात्रु राघवेन्द्र बजगाईँले बताए । छानबिन गरी यसका दोषीलाई कानुनी कारबाही नगरे सडकमा पैदल यात्रु एवं अन्य चालक पनि सुरक्षित नहुने उनको भनाइ छ । प्रत्यक्षरूपमा घटना देखेका बजगाईँ सरकारी गाडीका चालकको लापरवाहीले यस्तो भएको बताउँछन् ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १४:१८ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...