back
CTIZAN AD

कृषि शिक्षाका क्षेत्रमा इजरायली अनुभव अनुकरणीय हुने :गिरिराजमणि पोखरेल

वि.सं.२०७६ मंसिर २४ मंगलवार

891 

shares

२४ मसिंर काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कृषि शिक्षा, ग्रामीण विकास र विभिन्न क्षेत्रका लागि नेपाली जनशक्तिलाई लामो तथा छोटो अवधिका तालीम दिन इजरायल सरकारसँग आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले इजरायलका लाग नेपाली राजदूत बेन्नी ओमर र प्रतिनिधिमण्डसँग सोमबार सिंहदरबारमा भेट गर्दै नेपालको जलस्रोत, पर्यटन, सूचना प्रविधि, प्राविधक शिक्षा तथा व्यावसायिक तालीम प्राप्त हुन सकेमा आर्थिक समृद्धिको अभियानमा निकै ठूलो सहयोग पुग्ने जनाएका हुन् ।

नेपाल र इजरायलबीच सन् १९६० देखिको कूटनीतिक सम्बन्ध रहेको छ भने हालसम्म नेपालको कृषि शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटन क्षेत्रमा नेपालका सरकारी कर्मचारी, प्राध्यापक युवाले इजरायलमा उच्चस्तरका लामा तथा छोटा अवधिका तालीम प्राप्त गर्दै आएका छन् । कृषि तथा विज्ञान र प्रविधिको क्षेत्रमा इजरायलकोे अभ्यासलाई उदाहरणका रुपमा लिइन्छ । नेपालमा जारी विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पनि इजरायलले तालीम र अनुभवका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:३७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...