back
CTIZAN AD

पर्वत समाज बेल्जियमको अधिबेशन सम्पन्न, अध्यक्षमा जोशी

वि.सं.२०७६ मंसिर २४ मंगलवार

789 

shares

२४ मंसिर, बेल्जियम । पर्वत समाज बेल्जियमको अध्यक्षमा भिम जोशी निर्विरोध निर्वाचित भएका छन् ।

बेल्जियमस्थित नेपाली दूतावासका राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा डिसेम्बर ८ मा सम्पन्न समाजको चौथो अधिबेशनले समाजको अध्यक्षमा जोशीलाई चयन गर्दैै वरिष्ठ उपाध्यक्षमा रुद्र लम्साल, उपाध्यक्षमा दुर्गा तिवारी, दिपक पोखरेल, महासचिव युग माया पुन, सचिव सुभाष भट्ट, कोषाध्यक्ष सीता के सी र सदस्यहरुमा कृष्ण क्षेत्री,भरत क्षेत्री,कमला गुरुङ, दिपक न्यौपाने, बिराट जोशी, केश बहादुर गुरुङ रहेको १३ सदस्यीय नया कार्यसमिति निर्माण गरेको हो ।

‘समृद्ध पर्वत निर्माणमा हाम्रो सामुहिक अभियान’ मुल नाराका साथ सम्पन्न गरिएको उक्त अधिबेशनमा प्रमुख अतिथि राजदूत थापाले पर्वत समाजले गर्ने परोपकारी कार्यको सफलताका लागि अभिभावकिय भूमिका निर्वाह गर्न र बेल्जियमको नेपाली समुदायका लागि गरिने काममा पर्वत समाजको सक्रियता रहनेमा नेपाली दूतावास विश्वस्त रहेको बताएका थिए ।

राजदूत थापाले पर्वत समाजले जिल्लामा गर्ने आर्थिक सहयोगलाई बढाउन युरोपका गैरनाफामूलक संस्थाहरुसँग समन्वय गर्न पनि समाजलाई सुझाव दिएका थिए ।

सोहि अवसरमा विशेष अतिथिहरुमा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदी, एनआरएनए केन्द्रीय सहकोषाध्यक्ष लोक दाहाल, एनआरएनए आइसिसि सदस्य सुभाष जोशी, अन्तराष्ट्रिय पर्वत समाजका सचिव प्रकाश पौडेल र अतिथिहरुमा पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नर बहादुर रोक्का, पर्वत समाजका सस्थापक अध्यक्ष तथा नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङ, नेपाली जनसम्पर्क समितिका सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष जित बहादुर लामा, नेपाली व्यवसायी सघ बेल्जियमका अध्यक्ष यमु निरौला, साग्रीला समाजका अध्यक्ष तथा एनआरएनए बेल्जियमका उपाध्यक्ष खड्क के सी, पर्वत समाज बेल्जियमका सल्लाहकार कृष्ण तिवारी, स्याङ्जा समाजका अध्यक्ष पर्शुराम रेग्मी, नेपाल बाट उपस्थित सामाजिक अभियान्ता गगाधर पौडेल, कास्की समाज बेल्जियम तथा एनआरएनए बेल्जियमका महासचिब तिर्थ धमला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै नेपाली मिलन केन्द्र युरोपका अध्यक्ष तथा एनआरएनए सचिव दीपक न्यौपाने, तमु समाज बेल्जियमकी अध्यक्ष दुर्गा गुरुङ, तमु धि बेल्जियमका अध्यक्ष नवीन गुरुङ, कलाकार सघका महासचिव जिमि गुरुङ, नेपालबाट उपस्थित लोक गायक कृष्ण गुरुङ, सल्लाहकार पारस गौतम, तुलसी नाथ सुवेदी, भुतपूर्व अध्यक्ष केदार जोशी, अन्तर्रा्ष्ट्रिय पर्वत समाजका सहकोषाध्यक्ष किरण पुन ,युरोप सयोजक दर्शन गुरुङ, पत्रकार ओम शर्मा लगायत विभिन्न सघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र ठूलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

समाजको निवर्तमान अध्यक्ष झलक केसीको कार्यसमितिले गरेका गतिबिधिको उच्च मूल्यांकन गर्दै सस्थाको आर्थिक, अक्षयकोष स्थापना लगायत जिल्लामा मानवीय, शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका सहयोग गरेका अभियानलाइ अझ पुर्णता दिनेगरी बृहत् योजना तथा दिर्घकालिन योजना परिचालन गर्ने गरि समाजका सल्लाहकारहरु तथा सामाजिक अभियन्ता खडक बहादुर केसी अध्यक्ष र बालेन्द्र गुरुङ सदस्य सचिव रहेको लगानी तथा परियोजना समिती लगायत अन्य समितिको सस्थागत व्यवस्थापन गरिएका छ्न् ।

पहिलो खुल्ला शत्र कार्यक्रममा उपस्थित अतिथिहरुलाइ स्वागत मन्तव्य निशा गुरुङले गरेकी थिइन् भने कार्यक्रम सचालन महासचिव दिपक पोखरेलले गरेका थिए ।

समाजका अध्यक्ष झलक के सीका अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनले दोश्रो चरणको बन्दशत्रबाट नयाँ कार्यसमितिको चयन गरेको हो ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:४७ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...