back
CTIZAN AD

दक्षिण सुडानका सभामुखद्वारा राजीनामा

वि.सं.२०७६ मंसिर २४ मंगलवार

672 

shares

२४ मसिंर, जुबा । सांसदहरूको अत्यधिक दबाब र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन् ।

कार्यकुशलता प्रदर्शन गर्न नसकेको र भ्रष्टाचारविरुद्धको लडाईँमा अवरोधक भएको आरोप लगाउदै राजिनामा गर्न सांसदहरूले दवाब दिएका हुन् । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार सभामुख एन्थोनी लिनो माकानालाई महालेखा परीक्षक र भ्रष्टाचारविरुद्धका प्रतिवेदनहरूलाई संसदमा छलफल गर्न नदिइएको भन्दै राजीनामा गर्न दवाब दिइएको हो ।

उनलाई अफ्रेक्षिम बैंकबाट अनधिकृतरूपमा करोडौँ रुपैँया गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ । सांसदहरुले उनका विरुद्धमा संकलन गरेको दस्तावेजहरु समेत संसदमा पेश गरेपछि उनले राजिनामा दिनु परेको हो । “मैले सत्तारुढ दल एसपीएलएम पार्टीको नेतृत्वको आग्रह अनुसार राजीनामा दिएको हुँ,” दक्षिण सुडान रेडियोलाई सोमबार दिएको अन्तर्वार्ताका क्रममा उनले भने ।

दक्षिणी सुडानमा भ्रष्टाचार अनियन्त्रित भएको बताउने गरिएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान दुई बर्ष अगाडिदेखि गृह युद्धमा फसेको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:५७ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...