२४ मसिंर, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एक सूचना प्रकाशित गरेको छ ।
मंगलबार एक सूचना प्रकाशित गर्दै देशभरका विपन्न , दलित र मुस्लिम समुदायका २८० जना छात्रछात्राहरुलाई प्राविधिक एसएलसी र २८० जनालाई डिप्लोमा \ प्रमाणपत्र तहको अध्ययनका लागि विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअनुसार निःशुल्क अध्ययनका लागि परीक्षार्थी छनौट गर्न आवेदन फाराम आह्वान गरिएको हो ।
वि.सं.२०७६ मंसिर २४ मंगलवार १३:४२ मा प्रकाशित