back
CTIZAN AD

सर्लाहीमा किशोरी समूहले रोके बालविवाह

वि.सं.२०७६ मंसिर २४ मंगलवार

663 

shares

२४ मङ्सिर, सर्लाही । गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ ।

टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि विवाह रोकिएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिए ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा यहाँ सञ्चालित किशोरी तथा किशोर समूह कार्यक्रमको पहलमा बालविवाह रोक्ने काम हुँदैआएको छ । नगरपालिका भित्र २४ किशोरी, १२ किशोर र १२ वटा अभिभावक समूह गठन भई बालविवाह, लैङ्गिकहिंसा, बालश्रम रोकथामका लगायतका क्षेत्रमा क्रियाशील रहेका छन् ।

विगत दुई वर्षमा नगरपालिकाभित्र २१५ बालविवाह रोकिएको मनोविमर्शकर्ता एवं महिला अधिकारकर्मी बनिता कार्कीले जानकारी दिए ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १३:५२ मा प्रकाशित

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...