back
CTIZAN AD

अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला सुरु

वि.सं.२०७६ मंसिर २५ बुधवार

615 

shares

२५ मसिंर, काठमाडौँ । स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मङ्गलबारदेखि शुरु भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ । कार्यशालामा विश्व स्वास्थ्य सङ्गठन, जर्मन सहयोग जिआइजेड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, युनिसेफ, वाटर एड, एसएनभीलगायत संस्थाका प्रतिनिधिको पनि उपस्थिति छ ।

कार्यशाला उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अस्पतालबाट निस्किएको फोहर सार्वजनिक स्थानमा फाल्दा उपचार पाएका बिरामीभन्दा बढीलाई सङ्क्रमण हुने गरेकाले अस्पतालजन्य फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । “विभिन्न स्थानमा अस्पताल माग हुने गरेको छ, माग गर्नुअघि त्यहाँ अस्पताल राखिनु वातावरणीय हिसाबले उपयुक्त छ कि छैन भन्ने हेरिँदैन, बनिसकेपछि ठक्कर खाएर यहाँ बनाउनु नहुनेरहेछ भन्ने चेत आउने गरेको छ, अब बेलैमा ध्यान दिने गरौँ, अस्पताल बनाउनुअघि वातावरणीय दृष्टिले ठीक छ÷छैन भन्नेबारेमा अध्ययन गर्ने गरौँ”, उनले भने ।

मन्त्रालयका सचिव खगराज बरालले अस्पताल खोल्ने बेलैमा फोहर व्यवस्थापन गर्ने विधि भएपछि मात्र स्वीकृति दिने व्यवस्था भए पनि मानिसमा भएको चिन्तनको समस्याले कार्यान्वयन हुननसकेको बताए । घर–घरमा कुकुर पाल्ने काठमाडौँ, पोखराजस्ता ठूला शहरका मानिसले दिसा गराउन बिहान–बिहान बाहिर निकाल्नेजस्ता कृत्यलाई दुरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो ।

विभागका महानिर्देशक डा रोशन पोखरेलले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि देश सुहाउँदो अन्तरराष्ट्रिय मान्यताप्राप्त विधि तय गर्न सरोकार भएका निकायका प्रतिनिधि डाकेर कार्यशाला आयोजना गरिएको बताए ।

वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजय सरावगीले वातावरणविद् नहुँदा स्थानीय तहमा वातावरणीय व्यवस्थापनमा समस्या हुने गरेको बताए । वातावरण विषयका विज्ञ नगरक्षेत्रमा नहुँदा नसर्ने रोगको सङ्क्रमण बढिरहेको गुनासो उनको थियो ।

विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन शाखा प्रमुख चुडामणि भण्डारी, नेपालका लागि जर्मनी राजदूत रुमान सेफर्ड, कुनै क्षतिविना स्वास्थ्य सेवाका अन्तरराष्ट्रिय विज्ञान एवं नीति संयोजक रुठ स्ट्रिन्जरलगायतले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि अपनाउनुपर्ने विधिका विषयमा विचारपत्र प्रस्तुत गरेका थिए ।

बिहीबारसम्म चल्ने कार्यशालामा यससम्बन्धमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि सरोकार भएका निकायका प्रतिनिधिले छलफल गर्ने कार्यक्रम छ । दुई दिने छलफलपछि बिहीबार बेलुकी घोषणापत्र जारी गरेपछि कार्यशाला सम्पन्न हुने जनाइएको छ । अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला नेपालमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार ०८:३९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...