back

दुई वडा कार्यालयमाथि आगजनी

वि.सं.२०७६ मंसिर २५ बुधवार

276 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२५ मसिंर, काठमाडौँ । भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।रासस

वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
अविरल वर्षाका कारण भोजपुरमा भासियो सडक

अविरल वर्षाका कारण भोजपुरमा भासियो सडक

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३...

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने...

तोरीबारी पहिरो : एकको मत्यु, दुईजना घाइते

तोरीबारी पहिरो : एकको मत्यु, दुईजना घाइते

उदयपुर (गाईघाट) । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा...

पूर्वका साना खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

पूर्वका साना खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम...

पहिरो खसेपछि फाल्गुनन्द सडक अवरुद्ध, सडक खुलाउने प्रयास जारी

पहिरो खसेपछि फाल्गुनन्द सडक अवरुद्ध, सडक खुलाउने प्रयास जारी

दमक (झापा) । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका...

पहिरो खसेपछि धरान-धनकुटा सडक अवरुद्ध

पहिरो खसेपछि धरान-धनकुटा सडक अवरुद्ध

धरान (सुनसरी) । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान-धनकुटा...