back
CTIZAN AD

सवारी दुर्घटनामा दुईको मृत्यु

वि.सं.२०७६ मंसिर २५ बुधवार

807 

shares

२५ मसिंर, हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।

त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना४२प ७५०६ नंको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका-१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ । रासस

वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:३९ मा प्रकाशित

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...