back
CTIZAN AD

थारो नेताहरुलाई कुर्सीमा राखेर कहिले सम्म घाँस हालिरहने ?

वि.सं.२०७६ मंसिर २५ बुधवार

780 

shares

अमेरिका, बेलायत वा क्यानाडा जस्ता बिकसित मुलुकहरू विश्वभरिबाट ब्रेन हन्टिङ गर्ने मुलुक रहेछन् । विकासशील देशमा त्यसै ब्रेनको खाँचो छ, त्यसमाथि केही दिमाग र क्षमता भएकाहरू पनि बिदेशले हामी कहाँ आउ कि आउ भनेर रेड कार्पेट ओछ्याएर लगेपछि नेपाल जस्तो मुलुकलाई उभो लगाउने कुन बुद्धि भएका कसले होला त ?

बिजुली, टेलिफोन, खानेपानी, फोहरमैला, ईन्टरनेट, कर बुझाउने, कर तिर्ने, खाल्डे धूले हिले बाटो हिड्नुपर्ने, ढल गन्हाउने, जिन्दगीभरि एउटा घर बनाउन, एउटा सुबिधाका लागि सानो गाडी चढ्ने प्रयत्नमा नै जीवन बित्ने, त्यति भोग गरेको देख्दा नै पनि अनेक लांछना लगाउने, डाह गर्ने, अनेक आरोप लगाएर मुद्दा मामिलामा फसाउने, समाजमा बदनाम गर्ने, सरकारी निकायहरू वा कर्मचारीबाट दुःख पाएकोमा कता उजुरी गर्ने पत्तै नचल्ने, कसैगरी नालिस गर्यो भने पनि केही कहीं सुनुवाई कतै नहुने, नसुन्ने, सुने पनि कसैले भनेको कसैले नटेर्ने, दुःखजिलो गरेर अलिकति कमाएर जोगाएको पैसा जति पछि शत्रु लागेर मु्द्दा खेपेरै भ्याईने, बिरामी पर्दा अस्पताल र डाक्टरको पछि लागेर बुंगो बन्नुपर्ने !

२१ औं शताब्दीको प्रथम एकचौथाई कालमा प्रवेश गरिसक्दा पनि नेपालमा बसेर संघर्ष गर्नुपर्छ भनेको जब यही यस्तैयस्तै वाहियात झन्झटबाट उम्कनमा नै जीवनको उर्जाकाल बित्छ वा बर्बाद बनाउनु पर्छ भने यस्तोमा आफ्नो बुद्धि, विवेक, क्षमता, सिप, टेलेन्ट, विद्वताको प्रयोग कुन बेला, कसरी, कहाँ, किन, कसका लागि गर्न समय हुन्छ र गर्नु ? यस्ता बकम्फुसे संघर्षबाट थाकेपछि अन्तत ः तिनै कबाडी, परपीडक, विध्वंशकारी सोचका नेताहरू र दिमाग विषाक्त पारिएका तिनका पिछलग्गुहरूकै जुत्ताको तुना पुन ः कस्नका लागि संघर्ष गर्नुपर्ने ? अहिले धमाधम विश्वभरि माग भइरहेको बेलामा बुद्धि, सीप, ज्ञान भएकाहरूले नेपालमा बसेर यस्ता कुहिगन्धे संघर्ष के का लागि किन गरिरहने ? यो कुरा जति चाँडो बुझ्यो, जति छिटो दिग्भ्रमको निद्रा टुट्यो, त्यति कम जीवन बर्बाद भयो । क्षमताको मूल्य विश्वबजारमा देखाउनु नै पुरूषार्थ हो । पुरूषार्थीहरूलाई बिकसित देशले रेडकार्पेट बिछ्याउने गर्छन् । क्षमतावान विद्वानहरूका लागि ‘विर भोग्या बसुन्धरा !’
मिडिअकरहरूले जहाँ राज्यका हरेक निकाय र क्षेत्रमा कब्जा जमाउछन्, त्यहाँ क्षमतावानहरूका लागि ह्याबिटेट मासिन्छ ।

वर्तमान संविधानमा भएको ठूलो लापरवाही कर्मचारी ब्यवस्थापन पद्दति ध्वस्त पारेर नयाँ बनाउने भन्ने हो । यस्तो पाराले मुलुक अझै लामो कालसम्म लथालिंग र दिक्दारलाग्दो, पट्यारलाग्दो संक्रमणबाट गुज्रन सक्छ । यसले राम्रो परिणाम ल्याउने कसैले ग्यारेन्टी पनि गर्न सक्दैन । देश, काल, परिस्थिति, परम्परा, पद्दति, जनसंस्कारलाई बेवास्ता गरेर कर्मचारीतन्त्र चलाउन, टिकाउन र जनमैत्री बनाउन सकिदैन । नेताहरूले हल्ला गर्दैमा, कर्मचारीतन्त्रलाई धारे हात लाउदैमा अझ बिग्रनुबाहेक थप हुने पनि केही हैन । कर्मचारीतन्त्रका विश्वब्यापी स्थापित मान्यता तथा स्ट्याण्डर्ड हुन्छन् । यथार्थमा सरकार भनेको ब्युरोक्रेसी नै हो । अरू पक्ष त आउछन्, जान्छन्न्। तिनले नेपालको सन्दर्भमा भएको ब्यवस्था होडल्ने मात्र हुन्, कुनै लछारपाटो लगाएको विगत ३ दशकको राजनीतिक ब्यवस्थापाट देखिएन, झन् झन् बिग्रनु सिवाय !
वर्तमान सरकारले २ वर्ष लगाएर गरेको, ठूलो सरकारी उपलब्धि ठानिएको कर्मचारी समायोजन अहिले नयाँ सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मिलेको छैन भन्न थालेका छन् ।

राजनीतिको योगदानबिना, लोकतान्त्रिक प्रणालीबेगर एवं संस्कारबिहिनताको बावदूत् मुलुक चलिरहेको छ भनेर मान्नुपर्दा मुलुकमा यहाँ राजनीति फजुल अर्थात रिडन्डेन्ड हुदै आएको प्रमाणित हुदैछ । सरकारका अंगहरूले जनतालाई सहज पार्न हैन , जनताको जिवन दुरूह पार्नमा योगदान दिदै गरेको महसुस गरिरहेका छन् । बरू सरकार पाल्न नपरे हाईसन्चो हुन्थ्यो होला भनिरहेका छन् । ३ दशक बितिसक्दा सम्म पनि, उनै दल र तिनै नेताहरूले देश चलाउदा पनि मुलुक ब्याउने छाँट देखिदैन भने त्यस्ता थारो नेताहरूलाई जनताले किन कुर्सीमा राखेर घााँसको घान हालिरहेका होलान् दाससरहका समर्थक, कार्यकर्ता र जनताको बिवशता हो कि !
मुलुकको बिकास निर्माण र खर्चको प्रगतिमा कहिल्यै कुनै राजनीतिक ब्यवस्था वा ब्यवस्था परिवर्तन वा कुनै राष्ट्रिय थप जिम्मेवारी(चुनाव, भुकम्प, संविधान, कानुन निर्माण वा सरकार परिवर्तन वा नाकाबन्दी वा बिद्रोह वा खरिद ब्यवस्था परिवर्तन आदि) कारणले न कुनै बढोत्तरी भएको थियो, न घटोत्तरी । नेपालको बिकास प्रशासनको कार्यक्षमता सदा स्थिर रहदै आएको छ, बरू दिनपर दिन त्यो क्षमता प्रविधिको नजरमा ह्रासोन्मूख देखिदै आएको छ ।

त्यसले राम्रो गुणस्तरीय शिक्षा र संस्कार नपाएका जति ठूलो नेताहरू भए पनि अहिले तिनको औचित्य छैन । तिनका तर्क कुतर्क र भाषण सुनेर गुणस्तरीय उच्च शिक्षा पाएकाहरू र त्यस्तो शिक्षा हासिल गर्ने मार्गमा लागेकाहरू कदापी दिग्भ्रमित हुनु हुदैन । गुणस्तरीय पढाई र सो पढाईको सदुपयोग तथा अभ्यास गर्दै निरन्तर सो विद्यालाई सक्षमीकरण गर्नुको बिकल्प छैन ।

अहिले बिकसित वा अबिकसित मुलुक, तिब्र बिकास गरिरहेको र सुस्तमुलुक भन्ने कुरा औचित्यहिन हुदै गएको छ । अहिले कुन देश कतिको डिजिटलमैत्री भएको छ वा पुरातन छ, त्यसको मात्र औचित्य हुन्छ। अमेरिकाबाट

 उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

राजनीतिमा शुद्धिकरण पद्दतिको खाँचो

वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:३२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...