back
CTIZAN AD

राजनीतिमा शुद्धिकरण पद्दतिको खाँचो

वि.सं.२०७६ मंसिर १९ बिहीवार

924 

shares

राजनीतिमा ऐरूगैरूलाई ठाँउ दिनुहुदैन, ती सुसंस्कारित सुसंस्कृत र असल चाल चलनयुक्त ट्र्याक रेकर्डको हुनैपर्छ ।
राजनीतिजस्तो सार्वजनिक जीवनमा आउने मान्छे खरो अग्नि परीक्षाबाट गुज्रनै पर्छ । जो पायो उ राजनीति गर्न पदमा पुगेर गर्नु नगर्नु गर्ने, व्यभिचार, भ्रष्टाचार, लुट, कर छल्ने, जाँडरक्सी जति पनि सार्वजनिक ठाँउमै निर्लज्ज धोक्नेलाई स्थान दिईनु हुन्न । राजनीति गर्नु छ भने, यसलाई करियर बनाउने चाहना हो भने बेलै छदाँ देखि सही चालचलन, आहार, नियम, विचार गरेकै हुनुपर्छ । हिजो जे मनलाग्यो त्यो गर्ने, बोल्ने, फलाक्ने अनि आज जनताको सेवा गर्छु, हिजो जे गरें ठिकै गरें भलै सबै बेहोसीमा गरेको हो भनेर, आजको प्रसंग मिलेन भनेर, कदापी छुट दिईनु हुदैन । मुलुकको राजश्व छल्दै, सरकारलाई बुझाउछु भन्दै क्रेताबाट नासोमा उठाएको भ्याट रकम समेत कुम्ल्याउदै, ठेक्कापट्टा कब्जा गरेर मुलुक डुबाउदै, कुस्त धन कमाए पछि राज्यसत्ता कब्जा गर्न राजनीतिक पदमा जान खोज्नेलाई नांगेझार पारिरहनुपर्छ ।

राजनीतिक शुद्धिकरण नभई अरू कुरामा शुद्धता खोज्नु मृगमरिचिका हो । क्वालिटी राजनीति नै क्वालिटी शासन र प्रशासनको आधारशिला हो ।

के हामी यसमा निर्मम् नहुने ? के राजनीति भ्रष्ट पार्नेमा मतियार हुदै रहने ? के भ्रष्ट राजनीति मातहतबाट क्वालिटी सेवा, शासन र प्रशासनको खोजी गरिरहने ?

हिजो कुनै ईश्यु नबनेको कुरा आज ठूलो ईश्यु बन्न सक्छ । समय परिवर्तनसंगै प्रशंग र चेतनामा पनि ठूलो परिवर्तन भैसकेको हुन्छ । हिजो अरूले गर्दा केही नहुने तर आज त्यही कुरा हामीले गर्दा किन यस्तो होहल्ला र रडाको ? भन्नेहरू पटमूर्ख, समय र प्रशंगको रूप, गति र (रूख) दिशा नबुझ्नेहरू हुन् । हिजो त्यही एन्टिबायोटिक खादा निको हुने रोग अहिले कुनै पनि एन्टिबायोटिकले पनि नछुने भैसकेको हुन्छ ।

राजनीतिको लक्ष अरूलाई सुधार्ने हो तर अध्यात्मको लक्ष आफूलाई रूपान्तरण गर्ने हो । आफू रूपान्तरित नभएको राजनीति अन्तत : निकम्मा हुन्छ, बाहिर जति परिवर्तन भएको दाबी गरिए वा देखिए पनि !

अहिलेको जमाना भर्चुअल पर्सन्यालिटी र ईमेजको युग हो । सोसल मिडियामा प्रस्तुत जसरी भईन्छ त्यस्तै ईमेज बन्दै जान्छ । ईमेज बनेपछि रियल मान्छेको बारेमा अरू सोधखोज हुदैन, उसको ईमेज नै सत्य बन्छ । ईमेज कस्तो बनाउने त्यो उसको कर्ममा भरपर्छ । दिमागमा जेजे वहम आयो लेख्दै जादाँ त्यस्तै इमेज बन्छ । जति लेख्नु पर्छ त्यति लेख्ने, लेखेको कुरालाई पुन : मनन गर्दै पछिपछि लेख्दै जादाँ आफसे आफ संतुलित हुदै जान्छ । मूल कुरा दिमाग हैन, हृदय बोलेको हुनुपर्छ । दिमाग छलावा वा चतुर खेलाडी हुन्छ, मुटु ईमानदार सत्यवादी हुन्छ । हृदयले दिमागलाई संतुलित पार्छ । दिमागले हृदयलाई दुषित पार्छ । भर्चुअल वर्ल्डमा पर्सन्यालिटी बन्ने प्रवृत्ति रियलमा भन्दा फरक छ । रियलमा साक्षात्कार चिनजानले र भर्चुअलमा नचिन्दै लेखन–बोलनले पर्सन्यालिटी बनाईदिन्छ । पर्सन्यालिटी–ईमेज मनपर्ने वा नपर्ने जे पनि हुन सक्छ, फ्यान वा हेटर हुन सक्छ !

तसर्थ, राजनीतिमा लाग्नेहरू प्रारम्भ देखिनै कडा अनुशासन र शुद्धताको कसीमा खरो सिद्ध भएकै हुनुपर्छ । राजनीति सबै नीतिको मूली हो, यसमा शुद्धता र स्वच्छतामा बेपर्वाह हुनु काशी जानु कुतिको बाटो लागेसरह हो ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

पेन्सन रोक्ने कुरा गर्नु मगज ढिला भएको लक्षण हो

वि.सं.२०७६ मंसिर १९ बिहीवार १५:३२ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...