back
CTIZAN AD

रैथाने अन्नबाली र कृषि जैविक विविधताको संरक्षणमा चासो

वि.सं.२०७६ मंसिर १९ बिहीवार

813 

shares

१९ मङ्सिर, पाल्पा । लोपोन्मुख अवस्थामा रहेका रैथाने अन्नबाली, कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दीगो उपयोग गरी कृषिको समुचित विकासमा प्रदेश ५ सरकारले चासो देखाएको छ ।

स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्न आवश्यक देखिएका बेला प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सक्रियता बढाएको हो । ‘हाइब्रिड’ अन्नवालीका कारण स्थानीय अन्नबाली उत्पादनमा देखिएको ह्रास रोक्नका लागि चासो बढाउन आवश्यक रहेको छ ।

प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा बुधबार आयोजना गरेको कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा किसानको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि, उपयोग र अभ्यासको हकहितको संरक्षण एवं संवद्र्धन गर्नुपर्ने खाँचो औल्याइयो ।

प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाटोमा हिँड्दा बसाउने झिनियाँ धान अहिले लोप भएको भन्दै यस्ता स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताए । उनले भने “हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो । माछा माथ्र्यो, अहिले बालबालिकामा त्यस्तो स्थिति छैन ।”

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रम समायोजन गर्ने बताए । उनले कृषि जैविक विविधतासम्बन्धी कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

कृषि विज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि काम धेरै गर्न जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि कार्यालयका प्रमुख, विज्ञ तथा किसानको सहभागिता थियो ।

कार्यक्रममा कृषि आनुवंशिक स्रोत तथा पदार्थको पहुँच र उपयोगबाट सिर्जित अवसर र लाभको समन्यायिक वितरण प्रणालीको व्यवस्था मिलाउने विषयमा चर्चा भएको थियो । दीर्घकालीनरूपमा कृषि जैविक विविधताको संरक्षण एवं संवद्र्धन गरी पर्यावरणीय सन्तुलन अभिवृद्धि गर्नमा योगदान पु¥याउने रहेकाले सोहीअनुसार नीति तथा कार्यक्रम तय गर्न आवश्यकता महसुस गरिएको थियो । (रासस)

वि.सं.२०७६ मंसिर १९ बिहीवार १५:३७ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...