२५ मंसिर, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी नेपालले बेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ प्राप्त गरको छ ।
‘जीवन रहंदा पनि, जीवन पश्चात पनि’ भन्ने नारा बोकेको एलआईसी नेपाललाइ काठमाण्डौंमा आयोजित एक कार्यक्रममा वल्र्ड मार्केटिङ कङगे्रसका तर्फबाट सो सम्मान प्राप्त भएको हो ।
बैंक, बीमा, अन्य वित्तीय संस्था, होटल, पर्यटन सहित विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलार्ई प्रदान गरीने उक्त अवार्ड एलआइसीले पनि प्राप्त गरेको हो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भईरहेको बताएका थिए ।
एलआइसी नेपालले गत बर्ष पनि ‘इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०१८’ अन्तर्गत बेस्ट सर्भिस प्रोभाइडर प्राप्त गरेको थियो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:२१ मा प्रकाशित






























