back
CTIZAN AD

‘ऐन कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ’ : पूर्वअध्यक्ष खिलराज रेग्मी

वि.सं.२०७६ मंसिर २५ बुधवार

777 

shares

२५ मसिंर, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले निर्माण गरेका नीतिनियम तथा कानून प्रभावकारी ढङ्गले कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजित अन्तरक्रियामा उनले नेपाली राजनीतिमा सदाचार प्रवद्र्धनका लागि हरेक पार्टीले ध्यान दिनुपर्नेमा जोड दिँदै जनताको सेवा गर्छु भन्ने भावनाको जागृत हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले देशबाट भ्रष्टाचारलाई उन्मूलन गर्न आयोगले पाँचवर्षे रणनीति सार्वजनिक गरेको जानकारी दिँदै आयोगसँग रहेको अहिलेको कार्य क्षेत्रलाई फराकिलो पार्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

उनले सरकारमा बस्नेहरूले विधिको अधिनमा रहेर पारदर्शी रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै गत वर्ष आयोगले ३५१ मुद्दा अदालतमा दायर भएको र यो वर्षको साउन १ गतेदेखि हालसम्म १७० मुद्दा दर्ता भएको जानकारी दिए ।

राजनीतिक विश्लेषक प्रा कृष्ण खनालले नीति र निष्ठाअनुरुप काम गर्ने पद्धतिलाई नै सदाचार हो भने । वरिष्ठ कलाकार हरिवंश आचार्य र ट्रान्सपरेन्सी इन्टरनेशनलका महासचिव मुकुन्दबहादुर प्रधानले भ्रष्टाचार नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । सो अवसरमा (मह जोडी)मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान २०७६ प्रदान गरियो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:०४ मा प्रकाशित

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...