back
CTIZAN AD

गाउँपालिकाको उदाहरणीय कार्य, श्रमरोजगार बैंक खुलेपछि डोजर विस्थापित

वि.सं.२०७६ मंसिर २५ बुधवार

879 

shares

२५ मंसिर, दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रमरोजगार बैंक स्थापनापश्चात् युवा स्थापित डोजर विस्थापित नीति अगाडि सारेको छ ।

आर्थिक वर्ष २०७६\०७७ देखि शुरु हुने श्रमरोजगार बैंकमार्फत १४० युवालाई रोजगारी दिएको गाउँपालिकाले युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित नीति अघि सारेको हो ।

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको र सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन २०७५ अनुसार श्रमरोजगार बैंक स्थापना गरी रोजगार दिएकोे गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।

उनले चालू आर्थिक वर्षको नीति तथा बजेटमार्फत पाँँच वर्षभित्र गाउँपालिकाका युवालाई बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नका लागि श्रमरोजगार बैंकमार्फत रोजगारी दिन लागेको अध्यक्ष थापाले बताए । चालू आर्थिक वर्षमा २१ योजनामा युवाले काम गर्ने बताउँदै उहाँले यसका लागि युवालाई आवश्यक तालीम प्रदान गरिएको छ भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले श्रम रोजगार बैंकमार्फत गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवा छनोट गरेको र अब हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारीसमेत रहेको बताए ।

श्रम रोजगार बैंकमा आबद्ध भएका युवालाई कसरी तलब खुवाउने हो त्यसका लागि कार्यविधि निर्माणको चरणमा रहेको र चाँडै कार्यविधि निर्माण गरिसक्ने तयारीमा गाउँपालिका रहेको उनले जानकारी दिए ।

श्रम रोजगार बैंकमार्फत रोजगारी सिर्जना गरेसँगै सो गाउँका युवासमेत उत्साहित भएका छन् । गाउँपालिकाले रोजगार बैंकमार्फत रोजगारी दिएसँगै आफूहरुले उत्साहित भएर काम गर्ने भगवती माई गाउँपालिका–२ का मानबहादुर शाहीले बताए ।

वैदेशिक रोजगारीमा १० वर्ष काम गरेका युवासमेत रोजगार बैंकमा आबद्ध भएर गाउँमा काम पाएपछि खुशीसमेत भएका छन् । श्रम रोजगार बैंकमा काम गर्न उत्साहित हुँदै यो वर्ष छानिएका १४० युवा मध्ये ५० जना यसअघि रोजगारीका लागि दुवई, मलेसिया, कतार र भारत गएर मजदूरी गर्दै आएको भए पनि गाउँमै रोजगारी शुरु हुने भएपछि यो वर्ष भगवतीमाई गाउँपालिकाका ५० युवाले विदेश नजाने निर्णय गरेर श्रम रोजगारमा लागेको गाउँपालिकाले जनाएको छ ।

रोजगार बैंकमार्फत खटिएका कामदारको स्वास्थ्य परीक्षण, तालीम, जीवन बीमा, इपान भर्नेलगायतका अन्य कामसँगै जिल्ला बाहिरसमेत अरुले कामको लागि आवश्यक पर्दा टोली खटाउनका लागि दुईजना छुट्टै व्यक्तिको चयन गरिएको छ । हरेक १० जनामा एक जनालाई टोली कमाण्डर निर्माण गरिएको छ । युवा र युवतीको समान ज्यालाको व्यवस्थापन गरिएको छ ।

यो वर्ष १४० युवाले आआफ्नो वडामा रहेका खानेपानी, सडक, सिँचाइका योजनाको काम गर्ने छन् । उनीहरुलाई सामूहिकरुपमा पशुपालन र तरकारी उत्पादनतर्फ अग्रसर गराउने र हरेक एउटा नमूना काम देखाउने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । रासस

वि.सं.२०७६ मंसिर २५ बुधवार १७:०५ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...