back
CTIZAN AD

सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन शुक्रबारदेखि

वि.सं.२०७६ मंसिर २५ बुधवार

819 

shares

२५ मङ्सिर, काठमाडौँ । नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा शुक्रबारदेखि सातौँ अन्तरराष्ट्रिय लोकवार्ता सम्मेलन हुने भएको छ । यही मङ्सिर २७ देखि २९ सम्म हुने सो सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, जापान, अमेरिका, बेलायत, स्पेन र रुसका ९६ विज्ञले विभिन्न मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदिसम्बन्धी ८६ कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष तुलसी दिवसले सन् २००१ देखि शुरु भएको यस वर्षको कङ्ग्रेसमा लोककथा, लोकगीत र लोकनृत्यको एक विशेषसत्र पनि रहने जानकारी दिए । समाजले हालसम्म १० जातजातिको अध्ययन गरी पुस्तक प्रकाशन गरिसकेको छ । अन्य १२५ जातजातिका भाषा, भाषी तथा संस्कृतिका बारेमा पुस्तक प्रकाशन गर्न सकेमा नेपालको संस्कृतिलाई थप उचाइमा पु¥याउन सकिने दिवसले बताए ।

काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा–प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहकार्यमा हुने सो सम्मेलनमा लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा मुख्य विषय रहे पनि लोकवार्ता तथा विकास, लैङ्गिकता, शक्ति, सिर्जनात्मक लेखन काव्य, सांस्कृतिक सम्पदाको अध्ययन, कला, लोकभाषा, अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत ज्ञानजस्ता अरु १८ उपविषय पनि रहने समाजका महासचिव चूडामणि बन्धुले बताए ।

नेपाली जनतामा सांस्कृतिक चेतना जागृत गर्ने मुख्य उद्देश्य रहेको सो सम्मेलनमा नेपालका १२३ भाषाभाषीबारे पाठ्यक्रममा समावेश गर्ने, नेपालको प्राचीन इतिहास तथा संस्कृतिलाई उजागर गर्ने , देशको सांस्कृतिक पहिचानजस्तै इन्द्रजात्रा, काष्ठमण्डप, स्वयम्भू, बौद्ध, लुम्बिनी, कृष्णमन्दिर, रातो मच्छिन्द्रंनाथ, सेतो मच्छिन्द्रनाथ आदि सम्पदाबारेका ज्ञान आदानप्रदान गरिने छ । समाजका सचिव भीम रेग्मीले देशको संस्कृतिको उत्थान गरी सेवा गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको बताए ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १६:४७ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...