२५ मंसिर काठमाडौँ । भारत र वेस्टइंडिज बिच डिसेम्बर १५ बाट सुरु हुने तिन खेलको ODI श्रृखलाबाट भारतका ओपनर शिखर धवन चोटका कारण टिमबाट बाहिरीएका छन । उनी चोटकै कारण वेस्टइंडिज विरुद्धको टि–२० श्रृखलाबाट पनि बाहिरीएका थिए । शिखर धवन दिल्लीका लागि शाहिद मुस्ताक अलि ट्रोफी खेल्ने क्रममा चोट ग्रस्त हुन पुगेका थिए । खुट्टामा लागेको चोटको कारणले गर्दा उनले वेस्टइंडिज विरुद्धको ODI श्रृखला पनि गुमाउने भएका छन ।
भारतका टेस्ट ओपनर मयंक अग्रवाललाई शिखर धवनको स्थानमा बोलाईएको छ । उनले बंगलादेश विरुद्ध भएको टेस्टमा उत्कृष्ट ब्याटिङ्ग गरेका थिए । उनले बंगलादेश विरुद्धको टेस्ट क्रिकेटमा दोहोरो सतक समेत जडेका थिए ।
भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनि पनि वेस्टइंडिज विरुद्धको ODI श्रृखलामा रहेका छैनन् । उनको स्थानमा रिषभ पंतले नै खेल्ने मौका पाउने छन् ।
वि.सं.२०७६ मंसिर २५ बुधवार १६:४५ मा प्रकाशित






























