back
CTIZAN AD

स्वर्ण बिजेतालाई ९ लाख दिने घोषणा

वि.सं.२०७६ मंसिर २५ बुधवार

930 

shares

२५ मंसिर । सरकारले १३ औँ दक्षिण एशियाली खेलकूद –साग) मा पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सागका विजेता खेलाडीलाई सम्मानका लागि आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले १३ औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु नौ लाख पुरस्कार दिने घोषणा गरेका हुन् । एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ ।

यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिइनेछ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत रु पाँच लाख प्राप्त गर्नेछन् । यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गरे ।

यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो ।

पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्बाङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । प्रधानमन्त्रीबाट भएको घोषणापछि खेलाडीहरुमा खुशी छाएको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १९:५५ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...