back
CTIZAN AD

बेहुली बनेकी नायिका निता ढुंगानालाई यस्तो भने फ्यानहरुले

वि.सं.२०७६ मंसिर २६ बिहीवार

732 

shares

कलाकार निता ढुंगानाले आफूलाई बेहुली बन्न मन लागेको बताएकी छन् ।  दुलहीको रुपमा श्रृंगार गरेकी नायिका ढुंगानाले बुधबार आफ्नो सामाजिक संजालमा उक्त फोटो राख्दै लेखेकी छन् ‘तिम्रो घरमा बेहुली बनेर आउन मन छ । तर, कस्को घरमा मलाई थाहा छैन ।’

उनको यो रहरलाई केहीले मेरो घरमा आउ वेलकम छ भनेका छन्, केहीले आफ्नो घरको ठेगाना नै दिएर आउ भनेका छन् भने केहीले मलाई थाहा छ लगायतका कमेन्टहरु उनको फेसबुकमा गरिरहेका छन् ।

मंसिर महिना सबैभन्दा बढी बिहेको लगन भएको महिना मानिन्छ । उनको यस्तो रहरलाई धेरैले रमाइलो बनाएर कमेन्ट गरिएको पाइन्छ ।

पछिल्लो समय निर्देशक उदय सुब्बाको चलचित्र आकासेखेतीको छायांकनमा व्यस्त रहेकी नायिका ढुंगाना केही समय नायक आमेश भण्डारीको प्रेम सम्बन्धमा रहेकी थिइन् । पछि उनीसँग सम्बन्ध टुटेपछि अमेरिकामा रहने एक नेपाली युवासँग प्रेम सम्बन्धमा रहेको भनिएकी ढुंगानले त्यो प्रेम सम्बन्ध नरहेको बताउँदै आएकी थिइन् ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:४१ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...