back
CTIZAN AD

प्रदूषण नियन्त्रण गर्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन

वि.सं.२०७६ मंसिर २६ बिहीवार

666 

shares

२६ मसिंर, सिड्नी ।  अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् ।

प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाएका छन् ।

अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै गएको र धरै मानिसलाई असर पार्न थालेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।

पछिल्लो समयमा अस्पतालमा आउने बिरामीमध्ये वायु प्रदूषणका कारण बिरामी भएर आउनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

प्रदूषणको मात्र मङ्गलबार पनि बढेर अत्यधिक धेरै भएको विज्ञ तथा सरकारी अधिकारीहरूले नै बताएका छन् ।

प्रदूषणले बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्ने र बिरामी बनाउने भएकाले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रदूषणको असर न्यून गराउन भन्दै केही दिन अगाडि विद्यालय तथा केही कार्यालयहरूसमेत बन्द गरिएको थियो ।

प्रदर्शनकारीहरूले बढी प्रदूषण गराउने प्रकारका सवारी साधनहरू चल्न नदिन र प्रदूषण नियन्त्रणका अन्य उपायहरू अपनाउन पनि आग्रह गरेका छन् ।

प्रदर्शनमा झण्डै पाँच हजार सहभागी भएका थिए भने प्रदूषण नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“देश अहिले आगोमा छ,” प्रदर्शनमा सहभागी २६ वर्षीय सामुअल विल्कीले भने, “राजनीतिक नेताहरूलाई कुनै मतलव नै छैन ।”

“हाम्रो सरकारले यसका लागि केही गरेकै छैन, कसैले केही सुनेकै छैन, कसैले केही गरेकै छैन, किन हो ?” अर्को २९ वर्षीय प्रदर्शनकारी जारा जेओले भने ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:२५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...