back

टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

279 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२७ मसिंर काठमाडौँ । नेपाल टेलिकमले देशका २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच अर्थात् ‘फाइबर टू द होम सेवा’ उपलब्ध गराइरहेको जनाएको छ ।

नेपालभर विभिन्न स्थानमा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच सेवा उपलब्ध गराइरहेको तथा काठमाडौँ उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवालाई २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौँमा यो सेवा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केको पाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।

त्यसैगरी गोङ्गबु कार्यालयअन्तर्गत चमती, गोङ्गबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेन्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरीत क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पीपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटिटिएच सेवा उपलब्ध छ ।

छाउनी कार्यालयअन्तर्गत कालीमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुङ्गेअड्डा तथा ढुङ्गेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौडाअन्तर्गत वसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजीक, सुकेधारा र धुम्बाराही नजीक क्षेत्रमा यो सेवा उपलब्ध छ ।

बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटा नजीक, बिआइसिसीको उत्तर, ह्वाइट हाउस नजीक र भेनस हस्पिटलको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी (गोठाटार)अन्तर्गत नमूना चोक, सनराइज चोक, काँडाघारी चोक नजीक र सनसिटी तथा चाबहिलमा कार्यालय नजीकको क्षेत्रमा यो सेवा उपलब्ध छ ।

ललितपुर जिल्लामा सैँबु, पाटन र ठैब कार्यालयबाट एफटिटिएच सेवा वितरण भइरहेको छ । सैँबुअन्तर्गत सैँबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालयअन्तर्गत बखुन्डोल नजीक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ ।

त्यसैगरी ठैब कार्यालयअन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाइँटारमा यो सेवा उपलब्ध छ । भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटिटिएच सेवा उपलब्ध गराइरहेका छन् । भक्तपुरअन्तर्गत जितपुर र नगरकोट तथा ठिमीअन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजीकै, क्याबिनेट २५ मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ ।

त्यसैगरी विराटनगर, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, कास्की, सुर्खेतलगायत जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीव्र रुपले कार्य योजना अघि बढाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’को नाममा ब्रान्डिङ गरेको छ ।

टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेजसमेत उपलब्ध गराइरहेको छ । यसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबिपिएसको प्याक जम्मा रु आठ हजार रुपैयाँमा उपलब्ध छ ।

हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सिपिई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । हालसम्म कम्पनीका यस सेवाका ग्राहक सङ्ख्या १५ हजार आठ सय रहेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

नवलपुर, (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव...

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका...

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास...

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने...

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा...