back
CTIZAN AD

नेता सफल र कर्मचारी असफल हुँदैन

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

759 

shares

आज नेपालको कर्मचारीतन्त्रको अवस्था जे जस्तो छ, त्यो वर्तमान राजनीतिक दल र नेताहरूको कर्मको स्वाभाविक नतिजा नै हो । प्रतिभाशाली परीक्षित कर्मचारी कच्चा पदार्थका रूपमा सरकारी सेवा प्रवेश गरेका हुन्छन् । तिनलाई उपयुक्त, सीपयुक्त, ईमान्दार, सक्षम, समयानुकूल प्रशिक्षित गर्दै सरकारले बनाउदै लाने हो । अनुकूल संस्थागत परिवेश र व्यवस्था सरकारले मिलाउदै लैजाने हो । उसलाई जोत्न खेत तथा हलो र उत्पादित बस्तु राख्न भकारी सरकारले प्रवन्ध गरिदिने हो । कुनै पनि सरकार भनेको जनताको त्यहाँको कर्मचारीतन्त्रको अनुहार र कार्यशैली नै हो । कर्मचारी निकम्मा वा कम्मा बनाउने काम सरकारले गरेको हुन्छ । कर्मचारी हैन, सरकार कम्मा वा निकम्मा हुन्छ । निकम्मा कर्मचारी नहुँदा हुन् त नेताहरूले के नारा दिएर आफ्नो राजनीतिक खेतिपाती गुलजार पार्न सक्थे होलान् र !
अहिले यसरी निकम्मा तुल्याईएको कर्मचारीतन्त्रका निम्ति न संस्थागत घर छ, न भएका कथित घरको छाना छ । न गन्तव्यको यात्राका निम्ति गाडी छ, न बास र कार्यालय छ । भए जतिको छाना, ढोका, झ्याल उप्काएर नांगो नाचेपछि असुरक्षित तथा निरीह बनेका बेसहारा मानसिकताका हालका कर्मचारी निकम्मा देख्नु स्वाभाविक हुन्छ नै । निकम्मा नेताहरू हुन् तर तिनै निकम्मा नेताहरू कर्मचारीलाई निकम्मा भन्दैछन् ।

नेता भनेको मुलुकको सबै जिम्मा लिने, जवाफदेही हुने पद र पगरी हो। जागिरेले त सिमित भए पनि जवाफदेही हुनुपर्छ भने नेताले त झन् जागिरेलाई पनि जवाफदेही हुन बाध्य पार्ने पदपगरी हो । जवाफदेही जिम्मा लिन नपर्ने पदको गाडी त जसले पनि हुईक्याई हाल्छ ।

संस्कार, संस्कृति, संस्था, समझदारी, सकारात्मकता र सरकार विग्रेको देशमा समृद्धि संभव कदापी हुदैन ।
राजनीतिमा भविष्यवाणी गर्नेहरू उल्लु बन्छन् जसरी प्रविधिको भविष्यवाणी गर्नेहरू । राजनीति सतरंजको खेल जस्तै हो । दर्शक, समर्थक कोही तालिपिट्लान्, कोही छाति पिटिपिटी रोलान् तर राजनीति खेलको रूपमा अगाडी बढ्दै गईरह्ेको हुन्छ । आफूलाई खेलाडी मन पर्यो वा रिस उठ्यो भन्दैमा केही खुईलिईदैन । चेसको खेलमा भविष्यवाणी गर्नु मुर्खता हो । जे हुनुपर्छ त्यो त्यही बेला हुन्छ वा गरिन्छ ।

भ्रष्टाचारप्रति शुन्य सहनशीलता, दण्डहीनतामा नियन्त्रण र कानुनको शासन भयो भने मुलुक दिन दुई गुणा, रात चौगुणा बिकास गर्नेछ । नयाँ सरकारको यसमा कमिटमेन्ट के कति हुन्छ त्यसले मुलुकको भाग्य कोर्ने हो तर बिगत दुई वर्ष निराशाजनक देखिएको छ । स्थानीय सरकारहरू अनियन्त्रित अनियमितताको बन डढेलोमा पसिसकेका देखिन्छन् । ब्लड प्रेसर र सुगर नियन्त्रण भएन भने शरिरलाई ससाना रोगले पनि हैटू पारिदिन्छ । वाक्कदिक्क र ओछ्यानमा लमतन्न हुन बाध्य पार्छ । अनि न बिकास, न सिकास ! बरू सत्ता र सत्ताधारी नेताको अवकाश वा बनबास सुनिश्चित हुने गर्छ ।
नेता सफल र कर्मचारी असफल हुदैन । नेता भनेकै मुलुकको सबै जिम्मेदारी लिनुपर्ने पक्ष हो । अमेरिकाबाट

 उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

थारो नेताहरुलाई कुर्सीमा राखेर कहिले सम्म घाँस हालिरहने ?

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:४३ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...