back
CTIZAN AD

मन्त्रीका पिएले मागे घुस

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

777 

shares

२७ मङ्सिर, काठमाडौँ । प्रदेश–१ को अर्थ मन्त्रालयबाट झापाका केहि सामाजिक संस्थाहरुलाई बजेट विनियोजन गर्न अर्थमन्त्री ईन्द्र आङ्बोको सचिवालयका केहि सदस्यले घुस मागेको खुलेको छ । झापाको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी भित्र गुटको खेल भइरहेको समयमा अर्को चलखेल प्रकरण बाहिर आएको हो ।

जिल्लाको राजनितिमा असाध्यै सम्मानित नेता मानिने पूर्व सांसद गौरी शङ्कर खड्का, नर बहादुर कर्मचार्य लगायतका दिवंगत नेताहरुकोे नाममा स्थापित प्रतिष्ठानलाई बजेट माग्दा मन्त्रीको सचिवालयका पदाधिकारीहरुले ३ लाख रुपैयासम्म घुस मागेको वताइएको छ । खड्का ०६५ सालको पहिलो संविधान सभाबाट निर्वाचित सभासद हुन भने कर्माचार्य नेपाल कम्युनिस्ट पार्टिको संस्थापक सदस्य हुन ।

तिनै प्रतिष्ठान सञ्चालनका लागि प्रतिष्ठानका पदाधीकारीहरूले अर्थमन्त्री आङ्वोको सचिवालयमा आबस्यक बजेट विनियोजनका लागी आग्रह गरेका थिए । तर बजेट विनियोजन नभएपछि पुन मन्त्री भेट्न गएका प्रतिष्ठानका सदस्यहरूलाई मन्त्रीको सचिवालयका पदाधीकारीहरूले ३ लाख रुपैँयासम्म घुस दिए बजेट मिलाई दिने बताएको स्रोतले बताएको छ ।

झापाको दमक नगरपालीका– ८ बालुवाटारको ५० विघा ऐलानी जग्गा अपचलन गरेर बेचेको आरोप लागेर जिल्ला नेता गगन पुरी फरार भएको घटना सेलाउन नपाउँदै यो घटना बाहिर आएको हो ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ११:४६ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...