back
CTIZAN AD

सन्दिप लामिछानेमाथि किन लगाइयो यस्तो आरोप ?

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

822 

shares

२७ मंसिर, काठमाडौँ । नेपाली क्रिकेटका एक फ्यानले  क्रिकेटर सन्दीप लामिछानेले देशलाई घात गरेको आरोप लगाएका छन् । अतित खड्का नाम भएका ती क्रिकेटका फ्यानले सामाजिक सञ्जालमार्फत देशमा खेलकुदको महाकुम्भ चलिरहँदा सन्दिप भने बाहना बनाएर बसेको आरोप लगाएका हुन् ।  नेपालमा साग प्रतियोगिता चलिरँदा सन्दिप बिरामी पर्नु संयोग हो वा अतितले आरोप लगाए जस्तै हो, त्यो त उनका आगामी दिनका व्यवहारले देखाउने नै छ ।

उनले लेखेका छन् :
“एउटा महिला खेलाडी पेट पाल्न नसकेर बिदेसिदा देशद्रोही भईन।
एउटा फुटबल टिमको गोलकिपर र फरवार्ड देशको नाक बचाउन आफ्नो भाचिएको नाकको प्रवाह गरेनन।
कसैले अरुको लुगा लगाएर गोल्ड जित्न सफल भए।गौरिका सिङ जहाँ बसेपनि आफ्नो मुलुकलाई सम्झिएर फर्किन र ४ वटा गोल्ड मेडल जिताईन।
तर,एउटा धनी क्रीकेटर यत्रो महाकुभ्भमा आँखा उपचार गरेर बस्यो देशको आँखा उस्ले देख्दै देखेन।
साग सक्किएको भोलिपल्टै आखा ठिक भयो र अष्ट्रेलिया दौडियो।
मेरो लागि मेलबर्नले बिग ब्यास जितेर त्यो खुसी कहिल्यै दिन साक्दैन जुन सागमा मात्र रजतले जुन खुशी हाम्लाई मिल्थ्यो। अन्धभक्त भएर लेख्न जानेको छैन।
सन्दीपले १००% देशलाई घात गरेको हो। “

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ११:४६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...