back
CTIZAN AD

साउदी सरकारले ल्यायो यस्तो नियम, बिदामा आएर नफर्कनेलाई तीनवर्ष प्रतिबन्ध

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

882 

shares

२७ मंसिर, काठमाण्डौं । यदि तपाई साउदीमा काम गरेर विदामा फर्कनु भएको छ र समय अवधिमै नफर्कने विचार गर्नु भएको छ भने ख्याल गर्नुहोस् प्रतिबन्धमा पर्नुहोला ! साउदी सरकारले विदामा आएर कामदारको भिसाको म्यादभित्रै नफर्के साउदीमा पुन : सोहि रोजगारीमा जान या अन्य रोजगारीमा जान नपाउने गरी यस्तो नियम लागू गरेको छ ।

साउदीको राहदानी विभागले भिसा रद्द नगरी साउदी छाडेर आएपछि पुन :सोहि रोजगारदातामा नफर्किए तीनवर्ष साउदी जान नपाउने नीति जारी गरेको हो ।

विदामा घर फर्किएका धेरै कामदार सोहि रोजगारदाताकोमा नर्फकिदा कामदार अभाव भएपछि रोजगारदाता समस्यामा परेका कारण यस्तो नीति ल्याइएको बताइएको छ । साथै साउदी सरकारले गैरकानुनी रुपमा कामदार भर्ति गर्ने साउदी रोजगारदाताहरुलाई १ लाख साउदी रियाल सम्म जरिवाना गर्ने नीति ल्याएको पनि शुक्रबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

पछिल्लो समय कामका आधारमा ज्याला नपाउने र बचत नहुने भएपछि धेरै कामदारहरु पुन: सोहि रोजगारदाताकोमा फर्कन इच्छुक नदेखिएका हुन् ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ११:१७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...