back
CTIZAN AD

कालाञ्जर क्षेत्रको विकासका लागि महायज्ञ, संयोजक तोकिए यामबहादुर मल्ल

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.2K 

shares

२८ मंसिर, पर्वत । विभिन्न पुराणमा वर्णन गरिएर पनि ओझेलमा परेको पर्वतको हम्पालमा अवस्थित पवित्र कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास गर्न कालञ्जर क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
आगामी वैशाख १ देखि ७ गतेसम्म आयोजना गरिने उक्त विराट ज्ञान महायज्ञका लागि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल महायज्ञ मूल आयोजक समितिको संयोजक चयन भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वा्चित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरी जलजला र सिङ्गो पर्वतको आर्थिक समृद्धिमा टेवा पु¥याउने अभियान बोकेर हिँड्नुभएका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाका परिकल्पनाकारसमेत हुन् ।

आफूले शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको अध्यक्ष मल्लले बताए । महायज्ञ मूल आयोजक समितिको संयोजक चयन भएपछि मल्लले बिहीबार नै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, एनआरएनएका पूर्वउपाध्यक्ष कुल आचार्य र मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यलाई लिएर हेलिकोप्टरबाट कालञ्जर क्षेत्र र महायज्ञस्थलको अवलोकन गरेका थिए ।

कालञ्जर क्षेत्रलाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद पदम गिरी, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितको उच्चस्तरीय टोलीले यसअघि नै त्यस क्षेत्रको अवलोकन भ्रमणसमेत गरिसकेको छ । हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ ।रासस

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:४४ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...