back
CTIZAN AD

लघुकथा : ममताको परिभाषा

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.4K 

shares

गाउँमा अचानक बाढी पस्यो । धेरै घर परिवार क्षत बिक्षत भए । म पनि आफ्नो शरिर जोगाउन सुरक्षित स्थान खोज्दै भागेँ । जता हेर्यो उतै जलमग्न । मैले भागिरहनु उचित सम्झिएँ र भागी रहेँ । अब जङल को छेउँ पुगेकी थिएँ, जङल भित्र पस्नु अझ बुद्धिमानी होला जस्तो मानिन र त्यही एउटा अलि ठुलो रुखमा सहारा लिएँ । समुद्र जस्तै टाढा–टाढासम्म पानी मात्र थियो । घरी–घरी बाढीसगै बगाएर ल्याएका समान देखिन्थे । जनावरहरु पनि बग्दै रहेका देखिन्थे । तर, आफ्नो ज्यान छोडेर जनावरको ज्यान जोगाउन भने आँट आएन । तर केहि बेरमा मैले देखेँ दुइ जना साना–साना बालकका टाउकोहरु घरी पानीमा डुब्दै घरी निस्किदै गरेका । मेरो मन थाम्न सकिन र मैले आफ्नो सारी खोलेर एक छेउ रुखको हाँगामा बाँधे अर्को छेउ आफ्नो कम्मरमा बाँधे र हिम्मत गरेर रुखबाट तल झरेँ मैले ति दुबै बालकलाई समात्न सफल भएँ ।

मलाई थाहा थिएन ति दुबै जिउँदा छन कि छैनन । फेरि पनि मैले आफ्नो शरिरमा टाँसेर उनिहरुको चिसो शरिरलाई तताउन प्रयास गरेँ । यसै पनि मेरो स्वयम शरिर तातो भने थिएन ।

तीन दिनमा बाढीले आफ्नो उग्र रुप छोडेर अलि साम्य भयो । अब रुखबाट झर्नु सुरक्षित देखिएको थियो ।

दुबै बालकलाई लिएर म सरासर स्वास्थ्य चौकी लागे । ति दुबै बालक जिवित छन–छैनन निक्र्यौल गर्न । त्यतिबेला म असाध्यै खुशी भएं र भगवानलाई धन्यवाद दिएँ जती बेला स्वास्थ्यकर्मीले दुबै बालक जिवित रहेको जानकारी दिए ।
भर्खरै लुटिएको मेरो कोखले पुनर्जीवन पाएको महसुस गरेँ । तिनै बालकहरुमा आफ्नो ममता निरन्तर भरी रहेँ ।

समय बित्यो त्यो कथा धेरैले बिर्सिदै गए । मैले पनि मेरा कोखका सन्तान नै हुन् भनि यो कथालाई लुकाउन सफल भएँं ।
आज दुबै सन्तान लिएर म नयाँ बस्ती पुगेकी थिएँ जहाँ शरणार्थी अनाथ बालकहरु थिए । मलाई त्यतिबेला अझ गर्ब लाग््यो, जतिबेला मेरा साना–साना १० बर्ष नपुगेका बालकहरुले ति अनाथ बालकहरुप्रति मेरो जस्तै दया र प्रेम देखाए । उनिहरुले भने, ‘आमा इनिहरुलाई हाम्रो घर लइ जाउ एकलइ छोड्नु हुँदैन रुन्छन । बिरामी भए भने कसले हेर्छ ? खाना कसले दिन्छ ?’ आदी–आदी मेरो आँखा रसायो । आखिर मैले थोरै समय हो आफ्नो स्तनपान गराएको । केहि कर्म संस्कार सिकाएको यसरि रगतकै गुण जतिकै दुबै बालक आज मेरो सम्पूर्ण गुण लिएर आमाको चिनारी दिदै छन् ।

गाउँमा अनि देशमा आमाको ममताको पूर्ण परिभाषा दिएका छन् । के हरेक बालकमा यस्तो गुण रहन सक्छ कर्म मात्र दिदा ?

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:५७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...