back
CTIZAN AD

कविता : मादल

वि.सं.२०७६ मंसिर २८ शनिवार

2.4K 

shares

मादल,
जो आएनी ठटाउँछ
कोहि सुर तालले बजाउँछ
कोहि आफ्नै तालले बजाउँछ
मादल,
ज–जस्ले पायो
उस्ले हिर्काउँछ बजाउँछ ।

सुर तालमा बज्यो
बेसुर बेतालमा पनि बज्यो
कहिले धनले बज्यो
कहिले कुर्सिले बज्यो
सधैं बजिरहयो यो मादल ।

धिन्ताङ्गसंगै
कुनै ढंग पुर्याएर नाँचे
कुनै आफ्नै सुर तालमा नाँचे
मादल
जो आएनी ठटाउँछ
हिर्काउँछ
आफ्नै तालले बजाउँछ ।

मादल
सधैं अरुकै आदेश अनुसार बज्यो
जस्ले जसरी हिर्कायो
त्यसरी दुख्दै रुँदै बज्यो
कहिले आफै मन लागेर बजेन
कहिले आफ्नोपनले बजेन ।

मादल,
जो जो आए
ज–जसले अवसर पाए
बेस्सरी ठटाए
बजाए हिर्काए ।

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...