back
CTIZAN AD

कविता : मादल

वि.सं.२०७६ मंसिर २८ शनिवार

2.4K 

shares

मादल,
जो आएनी ठटाउँछ
कोहि सुर तालले बजाउँछ
कोहि आफ्नै तालले बजाउँछ
मादल,
ज–जस्ले पायो
उस्ले हिर्काउँछ बजाउँछ ।

सुर तालमा बज्यो
बेसुर बेतालमा पनि बज्यो
कहिले धनले बज्यो
कहिले कुर्सिले बज्यो
सधैं बजिरहयो यो मादल ।

धिन्ताङ्गसंगै
कुनै ढंग पुर्याएर नाँचे
कुनै आफ्नै सुर तालमा नाँचे
मादल
जो आएनी ठटाउँछ
हिर्काउँछ
आफ्नै तालले बजाउँछ ।

मादल
सधैं अरुकै आदेश अनुसार बज्यो
जस्ले जसरी हिर्कायो
त्यसरी दुख्दै रुँदै बज्यो
कहिले आफै मन लागेर बजेन
कहिले आफ्नोपनले बजेन ।

मादल,
जो जो आए
ज–जसले अवसर पाए
बेस्सरी ठटाए
बजाए हिर्काए ।

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:५८ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...