back
CTIZAN AD

कविता : नक्सा बनाऊँ नयाँ

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.1K 

shares

हाम्रो भूमि कदापि हुन्न अरुको नक्सा बनाई कन ।
नक्साकै भरले भए अब यहाँ कोरौं सबै भारत ।
फुट्दा देश विरक्त भो मन अझै लागेर आयो दया ।
चाँडै नै सरकार देश भरको नक्सा बनाऊँ नयाँ ।

हाम्रा सिक्किम लिम्पिया दशगजा काला र पानी पनि ।
हाम्रै हुन् उहिले अछाम अनि ती मेची र कोशी पनि ।
यस्तो सुन्दर देश यो प्रकृतिको खोजेर पाऊँ कहाँ ?
चाँडै नै सरकार देश भरको नक्सा बनाऊँ नयाँ ।

आएस् लड्न सिधै तमाम जनता भिड्छौं नभै कायर ।
गर्लास् भारतले विमान टहली आकाशको फायर ।
तेरो शक्ति भए भूमि सतहमै देखा लडेरै यहाँ ।
चाँडै नै सरकार देश भरको नक्सा बनाऊँ नयाँ ।

लोभी भारत होस् कठोर दिलको मिच्ने छिमेकी सधैं ।
राम्रा चीज भए सुटुक्क छलले सोरेर लाने सबै ।
हाम्रो उच्च हिमाल सान सबको खोजेर पाऊँ कहाँ ?
चाँडै नै सरकार देश भरको नक्सा बनाऊँ नयाँ ।

तेरो जीत भए जमीन दिउँला आएस् लडाइँ गरौं ।
माटो रक्त मुछेर वीर गतिले टीका लगाई मरौं ।
खेल्दा खेल छ देश यो विजयमा नेपाल हार्ला कहाँ ?
चाँडै नै सरकार देश भरको नक्सा बनाऊँ नयाँ ।
शार्दूलविक्रीडित छन्द

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...