back
CTIZAN AD

हिमपातले आखलढुंगाका किसानमा उत्साह

वि.सं.२०७६ मंसिर २८ शनिवार

834 

shares

२९ मंसिर, ओखलढंगा । मङ्सिरमा परेको हिउँले किसान उत्साहित भएका छन् । समयमै परेको हिउँले खेतबारीमा लगाइएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन् ।

सुख्खाग्रस्त क्षेत्रमा बाली फष्टाउने र उत्पादन बढ्ने सम्भावना देखिएको पात्लेका किसान डेण्डी शेर्पाले बताए । विगतका वर्षमा पुस अन्तिममा मात्रै हिउँ पर्ने क्षेत्रमा पनि यस वर्ष मङ्सिरमै हिउँ परेको उनको भनाइ छ । “पोहोरतिर पुस माघमा मात्रै हिउँ पथ्र्यो, यस वर्ष बेलैमा हिउँ परेको छ, हामी किसानका लागि यो राम्रो हो”, शेर्पाले भने, “एक्कासि चिसो बढ्दा जनजीवनचाँही अलिक कष्टकर नै छ, कतिपयले न्यानोको जोहो गर्न भ्याएका थिएनन् तर जाडो भए पनि गहुँ सप्रिन्छ, तरकारी राम्रो फल्छ ।”

सोलुखुम्बुका सबैजसो उच्च भूभागसहित जिल्लाका खिजीदेम्बा, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका क्षेत्रका उच्च भागमा हिउँ परेको छ । त्यस क्षेत्रमा हिउँसँगैको आकाशे पानीका कारण मानिस र पशुचौपाया चिसोको मारमा छन् । माथिल्लो सगरमाथाका जिल्लामा शुक्रबारदेखि भारी हिमपात भएको छ । ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ परिरहेको छ । जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।

हिउँमा रमाउने बढे

चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । हिउँमा रमाउनका लागि जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका व्यक्तिको घुइँचो लागेको जन्तरखानीका घरवास सञ्चालक हरिकुमार मगरले बताए । “हिउँ परिरहेको छ, चिसोले बालबालिका र वृद्धवृद्धामा समस्या भए पनि हिउँ खेल्न आउने युवाको बिहानैदेखि घुइँचो लागेको छ”, उनले भने “हिउँ परेको थाहा पाउने बित्तिकै हुलका हुल मान्छे आउँछन्, चिसो हिउँमा रमाएर जान्छन् ।” ओखलढुङ्गाको ठाडे जन्तरधापदेखि सोलुखुम्बुको पत्ताले क्षेत्रमा हिउँले आन्तरिक पर्यटक बढाएको छ ।

वि.सं.२०७६ मंसिर २८ शनिवार १३:५८ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...