back
CTIZAN AD

गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ मंसिर २९ आइतवार

816 

shares

२९ मसिंर, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् ।

काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गरेका छन् ।

“काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश बेसहारा, अभिभावकविहीन तथा सहयोगापेक्षी व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको प्रबन्धसहित सडक मानवरहित महानगरको घोषणा महाअभियान शुभारम्भ गर्न लागेकामा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

सन्देशमा मानव सेवा आश्रमसहित अन्य सामाजिक सङ्घसंस्थासमेतको सहभागितामा ‘भोकै कोही पर्दैनन, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ जसको कोही छैन, त्यस्ता व्यक्तिको उद्धार गरी आश्रय, खानपान तथा औषधोपचारसमेतको व्यवस्था गर्ने, परिवार भएकाहरुलाई परिवारको जिम्मा लगाउने तथा आगामी दिनमा समेत सडक मानवरहित महानगर बनाउने सङ्कल्पसहित शुभारम्भ हुन लागेको महाअभियान आफैँमा महत्वपूर्ण भएको उल्लेख छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १०:०९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...