back
CTIZAN AD

बहराइनमा आयोजित इन्टरनेशनल ट्रेड युनियन कन्फ्रेन्स कार्यक्रममा नेपालको डान्स पहिलो

वि.सं.२०७६ मंसिर २९ आइतवार

648 

shares

२९ मंसिर, बहराइन । बहराइनमा आयोजित इन्टरनेशनल ट्रेड युनियन कन्फ्रेन्स कार्यक्रममा नेपाली डान्सले पहिलो पुरस्कार हात पारेको छ ।

डिसेम्बर १३ मा सम्पन्न इन्टरनेशनल ट्रेड युनियन कन्फ्रेन्स कार्यक्रममा नेपाल ट्रेडयुनियन  (जिफन्ट) बहराइनले अन्य ट्रेडयुनियनका राष्ट्रहरुसँगै उक्त कार्यक्रममा भाग लिएको थियो । जसमा ८ राष्ट्रलाई पछि पार्दै नेपाली डान्सले पहिलो पुरस्कार हात पारेको छ भने अन्य विभिन्न कार्यक्रममा धेरै नेपालीहरुले विभिन्न पुरस्कार हात परेको ट्रेडयुनियन बहराइनका अध्यक्ष युवराज केसीले संसारन्युजलाई बताएका छन् ।

उक्त कार्यक्रमबाट हामी नेपाली प्रवासीको ऐक्यवद्धता ‘बहराइन ट्रेड युनियन’ देखि अन्य रास्ट्रका युनियनहरु बीच नेपालीहरुको रितिरिवाज तथा रहनसहन झल्किने नृत्यसँगै Visit Nepal-2020 को प्रचारप्रसार देखि नेपाली उत्पादन गोल्ड स्टार जुत्ता सम्मको प्रचारप्रसारले छुट्टै पहिचान दिलाएको थियो ।

त्यस्तै बहराइन ट्रेड युनियनको तर्फबाट बहराइनमै छुट्टै पहिचान बनाउन सफल हुँदै आएको ‘अन्तर्रा्ष्ट्रिय कलाकार समाज’ बहराइन परिवारले नेपालीहरुको पहिचान झलकने नृत्य प्रस्तुत गरि कार्यक्रममा उपस्थिति सम्पूर्ण रास्ट्रका प्रतिनिधिहरुको मन जित्दै पुरस्कार हात पार्न सफल भएको थियो । त्यस्तै, हरेक खेलदेखि टिकट लक्की ड्रहहरुमा धेरै नेपालीहरुले आफ्नो भाग्यसाली चिट्ठा प्राप्त गरेका थिए ।

कार्यक्रमको अन्तिममा प्रकाश सपूत र शान्ति श्री परियारको चर्चित गीत (गलवन्धी च्यातियो तिमीले तानेर) गीतमा नेपाली पन,नेपाली मन भन्दै सामुहिक नृत्यमा मनोरञ्जन लिइएको थियो ।

उपस्थिति सम्पुर्ण नेपाली दाजुभाइहरुसँग अन्य मुलुकबाट उपस्थित दाजुभाइहरु पनि अत्यन्त खुशी रहेको र उत्साह पुर्ण माहोलमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा नेपाल ट्रेड युनियन बहराइनले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १०:१८ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...