back
CTIZAN AD

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युतविहीन

वि.सं.२०७६ मंसिर २९ आइतवार

825 

shares

२९ मसिंर । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युतविहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ । मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन् । उनको बास्क्यु काउन्ट्र अन्तर्गतपर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो । सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनलाई च्यापेको जनाइएको छ ।

त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्युु भएको विवरण आएको छ । उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए । शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन् ।

उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उद्धारकर्ताले उनीहरुलाई च्यापेको रुख हटाएका छन् । घटनास्थलबाट उनीहरुलाई उद्धार गरेर उपचार गर्न लगिएको छ ।
शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरका विद्युत्सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत्सेवा कटौती भएको अधिकारीले जनाएका छन् ।

उपभोक्तलाई विद्युत् सेवा जतिसक्तो चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन् ।

विद्युत्सम्वन्धी कुनै समस्या भएमा तत्काल जानकारी गराउन सिधा सम्पर्क नं।को समेत व्यवस्था गरिएको अधिकारीले जनाएका छन् । प्रभावित क्षेत्रमा ९ मिटरसम्म पानी जमेको स्थानीय बासिन्दाले बताएका छन् । आँधीपछि कतिपय ठाउँमा बाढी र पहिरो पनि आएको छ ।

आँधी, बाढी र पहिरोका कारण ६०० भन्दा बढी विस्थापित भएका छन् । उनीहरुलाई उद्धार तथा सहयोगका काम पनि भइरहेको जनाइएको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १५:०२ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...