back
CTIZAN AD

नगरपालिका नै गाँजाखेतीमा !

वि.सं.२०७६ पुस १ मंगलवार

582 

shares

१ पुष , सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

हरिवन नगरपालिका–१ बेल डाँडा गाउँमा अढाइ बिघा बढी जग्गामा गरिएको गाँजाखेती प्रहरीले आज बिहान नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको नेतृत्वको टोलीले पूर्वपश्चिम लोकमार्गबाट ११ किलोमिटर उत्तरी क्षेत्रमा सिन्धुलीको सीमासँग जोडिएको सो क्षेत्रमा लगाइएको १० हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

एकाबिहानै गाँजा खेती नष्ट गर्न गएको प्रहरी टोलीलाई देखेपछि स्थानीयवासी घर छोडेर भागेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
सो क्षेत्रमा उत्पादन हुने गाँजा सर्लाहीसहित भारतको विहार राज्यको विभिन्न ठाउँमा बिक्री वितरण हुँदै आएको छ । यसको प्रयोगले युवासमेत कुलतमा फस्दै आएको स्थानीयवासीको भनाइ छ भने अवैध लागुऔषध गाँजा तस्करले सर्लाहीका विभिन्न नाका हुँदै भारतसम्म पु¥याउने गरेका छन् ।

प्रहरीले अवैध ओसारपसारमा संलग्नलाई पटकपटक पक्राउ गर्ने गरेको भए पनि अवैध गाँजा तस्करी नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

सिन्धुली जिल्लाबाट लुकीछिपी गाँजा ल्याउने काम भइरहेकोमा पछिल्लो समय जिल्लाको उत्तरी चुरे क्षेत्रमै गाँजाखेती फष्टाउन थालेको सूचना पाएपछि प्रहरीले गाँजा फँडानी गरेको हो । यो जिल्लामा अहिलेसम्मकै ठूलो गाँजा फँडानी भएको प्रहरीको भनाइ छ ।

वि.सं.२०७६ पुस १ मंगलवार १५:३१ मा प्रकाशित

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...