back
CTIZAN AD

पंफा र अष्टलक्ष्मीको आक्रोश, कम्तिमा संबैधानिक प्रावधान त पुर्याउ

वि.सं.२०७६ पुस २ बुधवार

1.9K 

shares

२ पुष, काठमाण्डौं । सबै प्रकारका वर्गिय शोषणसहित लिंगीय असमानता हटाउन लडेको नेपाल कम्युनिष्ट पार्टीभित्र सचिवालय बैठकमा पुरुष मात्र बस्दा कुनै खिन्नता नभएकोमा महिला नेतृत्वहरुले क्षोभ प्रकट गरेका छन् ।

समाज रुपान्तरणको संवाहक ठानिने नेपाल कम्युनिष्ट पार्टीको सबैभन्दा माथिल्लो कमिटी सचिवालयमा १ जना पनि महिला नराखिएको र स्थायी कमिटी हुँदैं केन्द्रीय कमिटी र प्रदेश तथा जिल्लाका कमिटीहरुमा महिलाको संख्या न्यून रहेको बर्तमान अवस्थामा नेतृ पंफा भुसाल र अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टी भन्न लाज लाग्ने अवस्था भएको बताएका छन् ।

आइतबारदेखि जारी स्थायी समितिको बैठकमा मौखिक र लिखित रुपमा आफ्ना धारणा राखेकी नेतृ पंफा भुसालले संजालमार्फत नै यस्तो कुरा सार्वजनिक गरेकी छन् । विषवस्तुलाई बंग्याएर संप्रेषण गरिरहेको कारण उनले संजालमार्फत् राखेको कुरो प्रष्ट्याएकी छन् ।

अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनैतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्धारा प्रस्तुत विधान संशोधन सम्बन्धी ऐजेन्डामा भाग लिँदै कम्तिमा २ महिला सहित १५ जनाको सचिवालय बनाउनुपर्ने, पार्टीको माथिदेखि तलसम्म महिला उपाध्यक्ष पद व्यवस्था गरिनुपर्ने, स्थायी समितिदेखि पार्टीको सबै तहमा महिला संख्या थपिनुपर्ने विषयमा दुई नेतृले लिखित रुपमा राखेको बताइएको छ । कम्युनिष्ट पार्टी आफैले महिला शसक्तिकरण गराउनुपर्नेमा संवैैधानिक प्रावधान समेत नपुर्याएकोमा नेतृहरुले आक्रोश व्यक्त गरेका छन् ।

क्रान्तिकारी योग्यताको ग्यारेण्टी गर्न सक्ने पार्टीले मात्र क्रान्तिको ग्यारेन्टी गर्न सक्छ-नेता भुसाल

वि.सं.२०७६ पुस २ बुधवार ०९:१६ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...