back
CTIZAN AD

निशुल्क स्वास्थ्य शिविरमा पाँच किलो ट्युमरको शल्यक्रिया

वि.सं.२०७६ पुस २ बुधवार

861 

shares

२ पुस, महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा अवस्थित रणभीम गणका गणपति विदुर अधिकारीले बताए ।

खखना माविमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो । नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरिसकिएको जनाइएको छ । रासस

वि.सं.२०७६ पुस २ बुधवार ०९:१३ मा प्रकाशित

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा...