back
CTIZAN AD

नागरिकता कानून संशोधन विरोधमा दिल्लीमा फेरि हिंसा, प्रधानमन्त्री मोदीद्वारा शान्त बन्न आग्रह

वि.सं.२०७६ पुस २ बुधवार

966 

shares

२ पुस, नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् ।

देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भने, “मोदीले नागरिकता संशोधन सोचविचार गरेर नै गरिएकोले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ ।”

संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको सङ्ख्यामा विगत केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन् ।

भारतीय मुसलमान समूहको सक्रियतामा भारतको राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह गरेका हुन् । प्रधानमन्त्री मोदीले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री मोदीले मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोपसमेत लगाएका छन् भने कानूनलाई क्रियान्वयनमा लान गृहमन्त्री अमित शाह दृढ देखिएका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागू गराउने बताए । उनले भने “म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नुस् तर मोदी सरकार यो लागू गराउन प्रतिबद्ध छ ।”

दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्रमा मङ्गलबार भएका झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली प्रहरीका संयुक्त आयुक्त आलोक कुमारले सलीमपुरको घटनामा २१ जना घाइते भएको र त्यसमा १५ जना सुरक्षाकर्मी रहेको बताए ।

प्रहरीले लाठी चार्ज नगरेको र संयमता अपनाएको आलोक कुमारले बताए । उनले भने, “प्रदर्शनकारी निकै आक्रामक बनेपनि प्रहरीले संयमता अपनाएको छ । गोली चलाइएको छैन तर केही स्थानमा भीडलाई नियन्त्रण गर्न केही अश्रुग्यास मात्र प्रहार गरिएको छ ।” उनले आक्रमणकारीले दुईवटा प्रहरी चौकीमा क्षति पु¥याएको दाबी गरे ।

वि.सं.२०७६ पुस २ बुधवार ०९:२७ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...