back
CTIZAN AD

गाडी पल्टिँदा एकको मृत्यु

वि.सं.२०७६ पुस २ बुधवार

843 

shares

२ पुस , चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको उक्त गाडीले रोकी राखेको बा ५५ प ७४१४ नं को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई नालिमा पल्टिँएको थियो ।

दुर्घटनामा परी गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो । सो गाडीका चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । चित्रसारीबाट सौराहातर्फ जाँदै गरेको ना ६ प ३९४५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नराखिएको नयाँ मोटरसाइकलले ठक्कर दिँदा ३९४५ नं को मोटरसाइकलका चालक घाइते भएका हुन । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

वि.सं.२०७६ पुस २ बुधवार १२:५२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...