back
CTIZAN AD

पीपीएल क्रिकेटमा काठमाडौँको पहिलो जीत

वि.सं.२०७६ पुस २ बुधवार

972 

shares

२ पुस , काठमाडौँ । पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग -पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।

यसअघिका दुई खेलमा पराजित भएको काठमाडौँलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका समेत कप्तान रहेका काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । ‘खेलको म्यान अफ दि म्याच’ मल्लले ३८ बलमा आठ चौका र नौ छक्कासहित टोलीका लागि महत्वपूर्ण १०० रनको योगदान दिए ।

धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।प्रतियोगितामा आफ्नो दोस्रो जीतको खोजीमा रहेको धनगढी काठमाडौँले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो । मौसममा आएको खराबीले गर्दा २० ओभरको खेललाई १७ ओभरमा झारिएको थियो ।

धनगढीका लागि ओपनिङमा सन्दीप सुनारले खाता खोल्न  सकेनन् भने रोड्रिगो थोमसले १४ बलमा १० रन लिए । श्रीमान्थ विजयारत्नाले १२ बलमा १५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्को रन जोड्न सकेनन् ।
काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई÷दुई तथा अमृत भट्टराई र सुशन भारीले एक\एक विकेट लिए ।

काठमाडौँका शुरुआती ब्याट्सम्यान गौरव तमोर तीन बलमा रनको खातानै नखोलि पेभिलियन फर्किए । अर्का शुरुआती ब्याट्सम्यान जयकृष्ण कोल्सावालले ३७ बलमा ४६ रन जोडे । त्यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका अमृत श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिए ।

धनगढीका कमल सिंह ऐरीले चार ओभर बलिङ गर्दै चार विकेट लिएर ३७ रन खर्चिए भने सागर ढकालले एक विकेट लिएका थिए । पुस १२ गतेसम्म जारी रहने प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेता टिमले रु १० लाख पुरस्कार हात पार्नेछन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभीएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गर्नुहुने आयोजकले जनाएका छन् ।

वि.सं.२०७६ पुस २ बुधवार १४:४६ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...