back
CTIZAN AD

सुन्तला बोटबाटै बिक्री

वि.सं.२०७६ पुस २ बुधवार

1.1K 

shares

२ पुस, कास्की । बुबाको पालामा लगाइएका सुन्तलाको बोटबाट फल दिन थालेकोे ३६ वर्ष पुगेको छ । बुबाकै पालामा लगाइएका सुन्तलाका ५० बोटले अहिले पनि निरन्तर फल दिँदै आएका छन् । आफू जन्मनुभन्दा पहिलेदेखि नै पुख्र्यौली खेतीका रुपमा थालिएको सुन्तला स्याहार्न र वन्यजन्तुबाट जोगाउन यतिखेर पोखरा महानगरपालिका– २१ का प्रकाश पौडेललाई भ्याइनभ्याइ छ ।

“अहिले बगैँचामा रहेका चार सय बोटमा सुन्तला लटरम्म फलेको छ,” उनले भने, “सुन्तलाको हेरचाहमा रहनु मेरा लागि दैनिकीजस्तै बनेको छ, यसवर्ष बोटबाटै एघार लाखको सुन्तला बिक्री गरियो ।”

बारीभरि लटरम्म फलेको सुन्तला उनको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर उहाँले सुन्तला खेती गर्दै आएका छन् ।

“धान, कोदो, मकैजस्ता खाद्यान्न बाली लगाउँदा छ महिनासम्म पनि खान नपुग्ने भिरालो पाखोमा शुरुमा लगाएका १०० बोटमध्ये लगभग ५० मरेपनि सोही स्थानमा नयाँ बिरुवा थप्दै जानुले ंउत्पादन बढेको छ”, उनले भने ।

सुन्तला बोटको एक भाग पहेँलो हुने, टुप्पाबाट सुक्ने र फल पनि अमिलो हुने सङ्केत देखिने वित्तिकै त्यसलाई हटाउने र माटोको उपचार गरेर पुनः बिरुवा लगानुका साथै थप जग्गामा ३०० भन्दा बढी बिरुवा थपेको बताउँदै पौडेलले यतिखेर सबै बिरुवा फल दिन थालेको छ भने ।

सुन्तलाकै बिक्रीबाट पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका पौडेल यसैको आम्दानीले छोराछोरीको पठनपाठनसमेत गराउँदै आएको छ ।

सुन्तलाको बिक्रीबाट अघिल्लो वर्ष सात लाख रुपैयाँ आम्दानी गर्न भएका उनले यो वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् । एउटै बोटमा सामान्यत दुई सयदेखि २५० किलोग्रामसम्म सुन्तला फल्ने गरेको पौडेलले जानकारी दिए ।

“उत्पादित सुन्तला बिक्री हुँदैन की भन्ने चिन्ता छैन”, उनले भने, “प्रत्येक वर्ष बोटबाटै बिक्री हुने गरेको छ ।” सरकारीस्तरबाट खासै कुनै पनि सहयोग प्राप्त गर्न नसकेको बताउँदै “रोगकीरा नियन्त्रण गर्नका लागि आवश्यक यन्त्र र अर्गानीक मलसँगै प्राविधिक सहयोग पाउने हो भने सुन्तलाखेती विस्तार गर्न प्रेरणा मिल्ने थियो”, उनले भने ।

रोजगारीको सिलसिलामा साढे दुई वर्ष साउदीमा बिताएको दुःखको अनुभव सुनाउँदै पौडेलले भने, “विदेशमा भन्दा घरपरिवारसँगै बसेर व्यावसायिक रुपमा सुन्तला खेतीतर्पm लाग्दा आफूलाई अत्यन्तै सुखको अनुभूति भएको छ ।”

उनी मात्रै होइन, यतिबेला यहाँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ ।

यहाँको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानथाप हुने गरेको छ । “सुन्तला खरिद गर्न दैनिक व्यापारी आउन थालेका छन्”, उनले भने, “उचित मूल्य दिनेहलाई किसानले बगैँचामा नै ठेक्कामा दिन थालेका छन् ।”

बगैँचामै ठेक्का लिँदा प्रतिकिलो ४० रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा सुन्तला बिक्री भइरहेको छ । बजारमा प्रतिकिलो १०० रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । डोके व्यापारीले समेत बगैँचाबाट प्रतिकिलो ५० रुपैयाँमा उठाएको सुन्तला बजारमा १०० रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् ।

व्यापारी बगैँचामै आउन थालेपछि किसान उत्साहित बनेका छन् । “बगैँचाबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, पौडेलले भने ।

कास्की, स्याङ्जाका विभिन्न स्थानमा सुन्तलामा लागेको सिक्टस ग्रिनिङले बगैंचा सखाप बने पनि पोखरा महानगरपालिका–२१ फेदीपाटन खर्काडाँडामा भने कृषकको सचेतनाका कारण अहिले पनि बगैँचामा लटरम्म सुन्ताला देख्न पाइन्छ ।

वि.सं.२०७६ पुस २ बुधवार १५:१० मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...