back
CTIZAN AD

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

वि.सं.२०७६ पुस २ बुधवार

780 

shares

२ पुस, काठमाडौँ । नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे ।

छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूूर्ण योगदान पुुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुुरक्षा अनुुदान हो ।

दुुई हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यीे विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् ।

तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुुई विमानको मूूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।

विमानका लागि आवश्यक अतिरिक्त पाटपुुर्जा, विमान चालक तथा मर्मतसम्भार तालीम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरणलगायतको सहयोग पनि अनुुदानमा समावेश रहेको अमेरिकी दूूतावासले जानकारी दिएको छ । यी दुुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी सात वटा विमान र १५ हेलिकप्टर भएका छन् ।

समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हँुदै आएको तालीम र यस प्रकारका सहायताले दुुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । राजदूूत बेरीले नेपालको आवश्यकता अनुुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुु¥याउने हेतुले उपलब्ध गराइएको विमान दुुई देशबीच सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे ।

नेपाली सेना हवाई महानिर्देशनालयका सहायक रथी घनेन्द्रबहादुर शाहले नेपाल–अमेरिकी सम्बन्धको विस्तारमा विमानसम्बन्धी सहयोग कोशेढुङ्गा सावित भएको बताए । अमेरिकी सरकारले नेपाली सेनालाई आगामी दिनमा थप एक विमान उपलब्ध गराउने छ । अमेरिकी दूूतावासले भनेको छ– यस्ता पहलहरुबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुुई देशबीचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १५:२३ मा प्रकाशित

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...