back
CTIZAN AD

पैयु र बिहादीमा सडक कालोपत्रे हुदै, सांसद पदम गिरी साइकल चढेर घुम्ने

वि.सं.२०७६ पुस ३ बिहीवार

1.2K 

shares

३ पुष, काठमाण्डौं । दक्षिणी पर्बतकौ पैयु र बिहादीको मुख्य सडक अब कालोपत्रे हुने भएको छ ।
चालु आर्थिक बर्षमा नै कार्यान्वयन हुने गरी संघिय सरकारले ६ करोड ३० लाख रुपैया विनियोजन गर्ने भएका कारण पैयु र बिहादीको मुख्य सडक कालोपत्रे हुने निश्चित भएको हो ।

संघिय सरकारले पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत फलेवास नगरपालिको एउटा र पैयू तथा विहादी गाउँपालिका जोड्ने मुख्य सडकका लागि गरी कुल ८ करोड २८ लाख रुपैया विनियोजन गरेको छ । समपुरक कोष मार्फत प्रदेश र स्थानीय तहले निर्माण गर्न नसक्ने सडकहरुका लागि संघको तर्फबाट बजेट विनियोजन गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिएका छन् ।

 

सो कार्यक्रम अन्र्र्तगत फलेवास नगरपालिकाको लमायखोला–लिमिठाना–ठानामौला–भगरा–थापाठाना सडक कालोपत्रेका लागि १ करोड ९८ लाख रुपैंया र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकी भञ्जाङ–पोखराचौर–खहरेखोला सडकका लागि ६ करोड ३० लाख रुपैया विनियोजन भएको छ । यस अघि सडक कालोपत्रेको लागि प्रदेश सरकारले चिसापानी देखि हुवास हुँदै वहाकीसम्मको काम शुरु गरीसकेको छ ।

चुनाव जितेको ३ बर्ष भित्रै साइकल चढेर दक्षिण घुम्ने संघीय सांसद पदम गीरीको प्रतिबद्धता कार्यान्वयन तर्फ गएको टिप्पणी गरीदैछ । यस सम्बन्धमा सांसद पदम गीरीले नपुग बजेटका बारेमा संसारन्युजसंग भने ‘यो बजेटले नपुग्ने त पक्का नै हो । यसका लागी थप श्रोतको खोजीमा जुटिसकेका छौ ।’

वि.सं.२०७६ पुस ३ बिहीवार १०:१३ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...