back
CTIZAN AD

सामान्य अंकले घट्यो आजको सेयर बजार

वि.सं.२०७६ पुस ३ बिहीवार

597 

shares

३ पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्यरुपमा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने रु ४० करोड माथि रहेको छ । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ १.९४, विकास बैंक ७.५४, निर्जीवन बीमा ३६.२२, अन्य ५.०२, लघुवित्त ५.०७ र जीवन बीमा ४२ विन्दुले आरोलो लागेको छ । यस्तै व्यापार ५.७७, होटल १५.१९, जलविद्युत् १.६८, वित्त ५.१, उत्पादन ३९.८६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेका छन् ।

नेप्सेका अनुसार एनएमबी बैंक कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३१ लाख ९३ हजार २७१ कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, प्राइम बैंक रु तीन करोड आठ लाख ६१ हजार ४९४, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ६७ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ७६ लाख ७७ हजार र शिवम् सिमेन्ट रु एक करोड २३ लाख ४४ हजार १६५ मूल्यमा खरीद बिक्री भई भई शीर्ष स्थानमा रह्यो ।

नेप्सेका अनुसार नेपाल फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशतले कमाउँदा शिवम् सिमेन्ट ६.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.८७, विशाल बजार कम्पनी ५.६९ र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ४.०२ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.७७, अरुण काबेली ४, नेशनल माइक्रोफाइनान्स ३।७१, तारागाउँ रिजेन्सी होटल ३.६४ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.६२ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ पुस ३ बिहीवार १६:२० मा प्रकाशित

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...